• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धरानको कृषि उपज बजारले लिने दोहोर कर विरुद्ध ब्यवसायी समिति आन्दोलित, दोहोर कर र सिण्डिकेट अन्त्यको माग
  • व्यावसायिक पशुपालनतर्फ आर्कषण बड्दो, चुलाचलीका कृषक संगठितरुपा बाख्रापालनमा सक्रिय
  • बालिका हत्या काण्डका विषयमा महेन्द्रनगरमा प्रदर्शन, भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास प्रहार
  • बर्तमान सरकार कसैको इसारामा नचल्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, करको विषयमा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भनाइ
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
राष्ट्रिय
मुस्ताङको उत्तरी नाका र कागबेनी जोड्ने पान्डाखोला मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा
प्रकाशित मिति: सोमबार, जेठ २८, २०७५

मुस्ताङ,२८ जेष्ठ । मुस्ताङको उत्तरी नाका कोरला, धार्मिकस्थल मुक्तिनाथ र कागबेनी जोड्ने पान्डाखोला मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि ढिलाई गरिँदै आएको पुलको काम बल्ल ९० प्रतिशत सकिएको छ भने बाँकी चालु आर्थिक वर्षमा सम्पन्न हुनेछ । मुस्ताङको उत्तरी नाका कोराला, धार्मिकस्थल मुक्तिनाथ र कागवेनी जोड्ने पान्डाखोला मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

२०६९ सालमा साढे ३ वर्षभित्रमा सिध्याउने भन्दै पुल निर्माणको काम शंकरमाली जेभीले जिम्मा लिएको थियो । काममा ज्यादै ढिलासुस्ती भएको कारण समयमा काम सम्पन्न नभएपछि समयसीमा बढाइएको थियो । लम्बाई ५० मिटर र चौडाई ७ मिटर रहेको लुप्रा पान्डाखोला पुलको ४ करोड ७ लाख लागतमा सुरु गरिएको हो । लामो समय बितिसक्दा समेत पुलको काम पुरा नभएपछि कालीगण्डकी करिडोर र जिल्ला प्राविधिक कार्यालयले ८ वटा निर्माण कम्पनीको नाम जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक गरेको छ ।

वर्षायाममा पुल नहुँदा मुस्ताङका स्थानीय र पर्यटकले ठूलो सास्ती बेहोर्दै आएका छन् । 

Comments