• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धरानको कृषि उपज बजारले लिने दोहोर कर विरुद्ध ब्यवसायी समिति आन्दोलित, दोहोर कर र सिण्डिकेट अन्त्यको माग
  • व्यावसायिक पशुपालनतर्फ आर्कषण बड्दो, चुलाचलीका कृषक संगठितरुपा बाख्रापालनमा सक्रिय
  • बालिका हत्या काण्डका विषयमा महेन्द्रनगरमा प्रदर्शन, भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास प्रहार
  • बर्तमान सरकार कसैको इसारामा नचल्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, करको विषयमा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भनाइ
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
अन्तर्राष्ट्रिय
उत्तर कोरियाका राष्ट्रपति किम जोङ र अमेरिकी राष्ट्रपति ट्रम्पसँगको ऐतिहासिक वार्ता आउँदो मंगलबार सिंगापुरमा
प्रकाशित मिति: सोमबार, जेठ २८, २०७५

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन सिंगापुर पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको ऐतिहासिक वार्ताका लागि किम सिंगापुर पुगेका हुन् । किम र ट्रम्पबीच आउँदो मंगलबार सिंगापुरको एक टापुमा वार्ता हुँदैछ । दुई नेताबीचको पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो । सिंगापुरको विदेश मन्त्रालयले उत्तर कोरियाली नेता किम सिंगापुर आइपुगेको जनाएको छ । किमले सोमबार सिंगापुरका प्रधानमन्त्रीसँग छलफल गर्ने कार्यक्रम छ । यसै विच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग हुने वार्ता शान्तिका लागि ‘वन–टाइम सट’ रहेको बताएका छन् । ट्रम्प र किमबीच जुन १२ मा सिंगापुरमा पहिलो पटक ऐतिहासिक वार्ता हुँदैछ । ट्रम्पले आसन्न वार्तालाई मिसन अफ पिस अर्थात शान्तिको अभियान भनेका छन् । विश्वासको हिसाबले दुबै जना अहिले अनभिज्ञ रहेको पनि ट्रम्पले उल्लेख गरे । ट्रम्प क्यानडामा भएको जी सेभेन सम्मेलनपछि किमसँग वार्ताका लागि सिंगापुर पुग्दै छन् । ह्वाइट हाउसले किमसँगको वार्ता विश्व शान्तीका लागि पहिलो स्टेप हुने बताएको हो । उत्तर कोरियाली नेता किम परमाणु हतियार त्याग्न तयार हुने आशा रहेको ह्वाइट हाउसको भनाइ छ ।

Comments