• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
स्वास्थ्य
दमकममा बृहत स्वास्थ शिविर सम्पन्न
प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५

दमक,२७ जेष्ठ ।झापाको दमकमा एक दिवसीय बृहत स्वास्थ शिविर सम्पन्न भएको छ । नेपाल महिला सघं क्षेत्रीय समिती क्षेत्र नम्वर पाँच झापाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६६८  नागरिकले लाभ लिएको आयोजकले जनाएको छ । नेपाली कांग्रेस क्षेत्रीय कार्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रम बिभिन्न रोगको उपचार गरिएको थियो ।

गाइनो, दात, जर्जिकल न्यूरो, बालरोग,  महिला प्रसुती फिजिसियन लगात रोगको उपचार गरिएको थियो । शिविरमा बिर्तामोडको बि एन सि अस्पताल, दमकका निम्स र एडभान्स अस्पतालले प्राबिधिक सहयोग गरेका थिए भने दमकको म्याक्स मेडी केयरले निशुल्क एक्सरे भिडियो एक्सरे गराएको नेपाल महिला सघंकी क्षेत्रीय सभापति रेगीना भट्टराईले जानकारी दिनु भयो ।

साथै नेपाली कांग्रेस नगर समितीको सिफरिसमा एडभान्स र निम्स अस्पतालमा सबै नाग नागरिकलाई २५ प्रतिशत छुटको व्यवस्था समेत गराइएको नेपाली कांग्रेस नगर सभापति रोषन बिस्टले जानकारी दिनु भयो । 

Comments