• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
अन्तर्राष्ट्रिय
तालिबान विद्रोहीद्वारा तीन दिन अस्थायी युद्धविरामको घोषणा
प्रकाशित मिति: आइतबार, जेठ २७, २०७५

एजेन्सी । अफगानिस्तानमा तालिबान विद्रोहीले पनि तीन दिन अस्थायी युद्धविरामको घोषणा गरेका छन् । मुस्लिम समुदायको पर्व इदको अवसर पारेर गरिएको युद्धविराम विदेशी सेनाको हकमा भने लागू नहुने तालिबानले जनाएको छ । यस्तै, आफूहरुमाथि आक्रमण भए त्यसको जवाफ दिने पनि तालिबानले जनाएको छ ।

सन् २००१ मा अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तानमा हस्तक्षेप गरेपछि पहिलोपटक युद्धविरामका लागि तालिबान सहमत भएको हो । यसअघि, सरकारले एकपक्षीय र बिनाशर्त युद्धविरामको घोषणा गरेको थियो । राष्ट्रपति असरफ घानीले तालिबानको हिंसात्मक अभियान अफगान जनताको मन र मस्तिष्क जित्न नसकिने महसुस गर्न उनीहरुलाई अवसर भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी रक्षा मन्त्रालयले आफ्नो सेना र गठबन्धन सेनाले युद्धविरामको सम्मान गर्ने जनाएको छ । अफगानिस्तानमा अहिले करिब १५ हजार विदेशी सेना तैनाथ छन् । 

Comments