• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
अन्तर्राष्ट्रिय
उत्तर कोरियाली राष्ट्रपति किमजोङ उनलाई ट्रम्पले अमेरिका भ्रमणको निम्तो दिने
प्रकाशित मिति: शनिबार, जेठ २६, २०७५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई आफूले अमेरिका भ्रमणको निम्तो दिनसक्ने बताएका छन् । चार दिनपछि जुन १२ मा सिंगापुरमा हुने छलफल राम्रो भएमा यसबारेमा विचार गर्न सकिने ट्रम्पले बताएका हुन् ।

किमसँग हुने वार्ताबारे जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको छलफलमा ट्रम्पले यो संकेत गरेका हुन् । कोरियाली युद्ध अन्त्यका लागि सम्झौता सम्भव रहेको भन्दै ट्रम्पले त्यसपछि के हुन्छ भन्ने विषयले पनि महत्व राख्ने उल्लेख गरे ।अमेरिका र उसका क्षेत्रीय मित्रहरुले उत्तर कोरियाले परमाणु कार्यक्रम छाड्नुपर्ने बताउँदै आए पनि यो एक बैठकबाट सम्भव नहुने भन्दै ट्रम्पले यसका लागि केही लामो समय लाग्ने उल्लेख गरे ।

जापानी प्रधानमन्त्री आबेले भने आफ्ना केही नागरिकलाई बन्धक बनाएको विषयमा उत्तरकोरियासँग सिधा कुरा गर्न चाहेको बताए । उत्तर कोरियाले १९७० र १९८० को दशकमा थुप्रै जापानी नागरिकलाई अपहरण गरेको थियो । आबेले उत्तर कोरियाले सही मार्ग समातेमा उसको भविष्य उज्ज्वल रहेको पनि उल्लेख गरे ।

Comments