• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
खेलकुद
विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्याण्ड, इरान र क्रोएसिया विजयी
प्रकाशित मिति: शनिबार, जेठ २६, २०७५

एजेन्सी । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्याण्ड, इरान र क्रोएसिया विजयी भएका छन् । लिभरकसेलको बे एरिनामा गएराति भएको खेलमा जर्मनीले साउदी अरबलाई २–१ गोलले हराएको छ । खेलको आठौं मिनेटमै युवा स्ट्राइकर टिमो वेर्नरले गोल गरेपछि जर्मनीले अग्रता लिएको थियो ।

४३ औं मिनेटमा साउदी अरबका ओमार हासावीले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । खेलको निर्धारित समय सकिनु ६ मिनेटअघि ताइसिर अल जासीमले साउदी अरबका लागि सान्त्वना गोल फर्काए । गएराति नै भएको अर्काे मैत्रीपूर्ण खेलमा स्वीट्जरल्यान्डले एसियाली मुलुक जापानको टोलीलाई २–० ले हरायो ।

स्वीट्जरल्यान्डको जितमा रिकार्डाे रोड्रिगुइजले पेनाल्टीमार्फत एक गोल गरे भने ह्यारिस सेफरोभिकले अर्काे गोल गर्दै टोलीलाई २–० को जित दिलाए । गएराति नै भएका अन्य मैत्रीपूर्ण खेलमा इरानले लिथुवानियालाई १–० ले हराएको छ भने क्रोएसियाले सेनेगललाई २–१ ले पराजित गरेको छ । त्यस्तै पोल्याण्ड र चिलीले २–२ गोलको बराबरी खेलेका छन् ।

Comments