• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धरानको कृषि उपज बजारले लिने दोहोर कर विरुद्ध ब्यवसायी समिति आन्दोलित, दोहोर कर र सिण्डिकेट अन्त्यको माग
  • व्यावसायिक पशुपालनतर्फ आर्कषण बड्दो, चुलाचलीका कृषक संगठितरुपा बाख्रापालनमा सक्रिय
  • बालिका हत्या काण्डका विषयमा महेन्द्रनगरमा प्रदर्शन, भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास प्रहार
  • बर्तमान सरकार कसैको इसारामा नचल्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, करको विषयमा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भनाइ
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
बिजनेस
पूँजी बजारको विकासको लागि राजनितिक स्थायित्व आवश्यक : गभर्नर नेपाल
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५

काठमाण्डौ,२५ जेष्ठ । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीबी नेपालले पूँजी बजारको विकासको लागि राजनितिक स्थायित्व आवश्यक पर्ने बताउनुभएको छ । नेपाल धितोपत्र बोर्डको रजत जयन्तीका अबसरमा आज काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उहाले विगतमा राजनीतिक अस्थिरताका कारण पूँजी बजार जति विकास हुनु पर्ने त्यति नभएको भन्दै अब राजनीतिक स्थिरतासँग पूँजी बजारमा पनि धेरै सुदृढ हुने बताउनुभयो ।

त्यस्तै उहाले आगामी दिन पूँजीबजारका लागि उज्वल रहेको पनि बताउनुभयो । उहाले धितोपत्र वोर्डको आफ्नै भवन नभएकोमा पनि चिन्ता ब्यक्त गर्दे भवन नहुदा निष्चिन्त भएर काम गर्न पनि गाह्रो हुने उल्लेख गर्नुभयो ।  नेपाले राष्ट्र बैंकमा जस्तै धितोपत्र बोर्डमा पनि कर्मचारी कम हुँदा ४ सय भन्दा धेरै कम्पनीहरुको नियमन गर्न नसकेको उहाको भनाई छ ।

त्यस्तै उहाले  पूँजी बजार देशको अर्थतन्त्रको ऐना भएको भन्दै लगानीकर्तालाई आकर्षित गर्ने कार्यक्रम ल्याउन पनि सुझाव दिनुभयो ।

Comments