• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धरानको कृषि उपज बजारले लिने दोहोर कर विरुद्ध ब्यवसायी समिति आन्दोलित, दोहोर कर र सिण्डिकेट अन्त्यको माग
  • व्यावसायिक पशुपालनतर्फ आर्कषण बड्दो, चुलाचलीका कृषक संगठितरुपा बाख्रापालनमा सक्रिय
  • बालिका हत्या काण्डका विषयमा महेन्द्रनगरमा प्रदर्शन, भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास प्रहार
  • बर्तमान सरकार कसैको इसारामा नचल्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, करको विषयमा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भनाइ
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
खेलकुद
मोरङको पथरीशनिश्चरेमा आजवाट तेस्रो किर्तिपुर गोल्डकप फुटवल प्रतियोगीता सुरु
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५

मोरङ,२५ जेष्ठ । मोरङको पथरीशनिश्चरे ७ किर्तिपुरमा आजवाट तेस्रो किर्तिपुर गोल्डकप फुटवल प्रतियोगीता हुने भएको छ । हिजो किर्तिपुरमा प्रतियोगीताको आयोजक न्यु स्टार क्लव ले पत्रकार सम्मेलन आयोजना गरेर सो वारे जानकारी दिएको हो । 

आठ वटा फुटवल क्लव सहभागी प्रतियोगीताको विजेताले १ लाख रुपयाँ र ट्रफि जित्ने छ भने उपविजेताले ५० हजार रुपयाँ र ट्रफि जित्ने आयोजकले जानकारी दिएको छ । प्रत्येक दिन म्यान अफ दि म्याच लाइ १हजार ५ सय रुपयाँ र ट्रफि प्रदान गरीने न्यू स्टार क्लबका अध्यक्ष दिवस खजुमले जानकारी दिनुभएको छ ।

खेलको म्यान आफ दि सिरिज लाइ ५ हजार र ट्रफि प्रदान गरिने छ भने वेष्ट किपर, वेष्ट डिफेन्स,वेष्ट फर्वड र उदयमान खेलाडीलाइ पनि पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुर्वका चर्चित क्लव सहभागी सो प्रतियोगीतामा सुनसरीको दङगा प्रहरी,जनजागृती फुटवल क्लव इटहरी, धरान फेन क्लव धरान,झापाको दमक फुटवल क्लव,न्यु स्टार क्लव चारआली, मोरङको

एकता फुटवल क्लव विराटचौक, पथरी ११ र आयोजक क्लवको सहभागीता रहेन पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

Comments