• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
खेलकुद
पहिलो पटक राष्ट्रिय खेलकुदकाे टीम महेन्द्रनगरमा प्रशिक्षण गर्दै
डिल्लीराज पन्त प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५

कञ्चनपुर,२५ जेष्ठ ।  पहिलो पटक तीन राष्ट्रिय खेलकुदका टीम कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण गर्दै छन् । पहिलो पटक ७ नम्बर प्रदेशको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर स्थित कर्भडहलमा प्रशिक्षण गर्न लागेका हुन् ।

आगामी भदौँ २ गतेदेखि इन्डोनेसियामा हुने १८ औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन उक्त नेपालका राष्ट्रिय तीन टिम अभ्यास गर्न अर्थात प्रशिक्षणका लागि महेन्द्रनगर आएका हुन् । भलिबल, कबड्डी र कुस्तीका राष्ट्रिय टिम महेन्द्रनगर आएर प्रशिक्षण गर्न लागेका हुन् । 

 जिल्ला खेलकुद विकास समिति कञ्चनपुरले पहिलो सातादेखि तीन विद्याका खेलाडी प्रशिक्षण गर्न लागेको जानकारी दिएको छ  । भलिबलका कोच जगदिश भट्ट, कबड्ीका मुख्य प्रशिक्षण तारा भाट र कुश्तीका सहायक प्रशिक्षक राजेन्द चन्दले प्रशिक्षण गराईरहेका छन् । राष्ट्रिय टिमले प्रशिक्षण गर्न लागेको भन्दै यस क्षेत्रको खेलकुद विकासमा टेवा पुग्ने देखिएको छ ।

भलिबल तर्फ १६, कबड्ी तर्फ १२ र कुस्ती तर्फ ३जना राष्ट्रिय टिमका खेलाडीले प्रशिक्षण गर्न लागेका छन् । गर्मिका कारण बिहान र साँझ प्रशिक्षण हुने गरेको छ ।
एसियाली खेलकुद प्रतियोगितामा भाग लिन प्रशिक्षण गरीरहेका ३ वटै विधाका खेलाडिहरुले आफुहरुले प्रतियोगितामा उत्कृष्ट स्थानका लागी मेहनतका साथ प्रक्षिण लिईरहेको र देशलाई विश्वमा चिनाउन सक्दो प्रतिभा सहित खेल खेल्ने वताएका छन ।

भलिबलका कोच जगदिश प्रशाद भट्टले यस क्षेत्रमा खेलकुदको प्रसस्त सम्भावना भएकाले जुनसुकै खेलकुदका लागि सुदूरपश्चिम उर्बराभूमी भएको बताए । एकै पटक राष्ट्रिय खेलका तीन टिम महेन्द्रनगर आएर प्रशिक्षण गर्नु सुखद विषय भएको बताए । महेन्द्रनगर भलिबल प्रशिक्षण केन्द्र स्थापना भएसंगै थुप्रै राष्ट्रिय खेलाडी बन्न सकेको बताउदै उनले पछिल्ला बर्षहरुमा भलिबल क्षेत्र लगायत खेलाडीको भविष्य उज्जल बन्दै गएको बताए ।
कुश्तीका मुख्य प्रशिक्षक खगेन्द्र बस्नेतले प्रर्याप्त म्याट र हल अभाव अभावका कारण समस्या भएको बताए । ‘अरु व्यवस्थापन ठिकै छ, ‘उनले भने, ‘दुई दुई ठाँउमा अभ्यास गर्नुपर्ने बाध्यता छ ।’ 

कबड्डीका कोच तारा भाटले अभ्यास उत्साहजनक रुपमा भईरहेको बताए । हलभित्र कबड्डीको अभ्यास भईरहेको उनले बताए । 
तीनै खेलका प्रशिक्षक एव खेलाडीले एसियनमा राम्रो उपस्थिती देखाउने आशा लिएका छन् । 

राष्ट्रिय तीन टिमका खेलाडीले प्रशिक्षण गर्न थालेपछि महेन्द्रनगर कर्बडहलमा फरक रौनक छाएको छ । राष्ट्रिय टिमका खेलाडीको अनुसरण गर्दै यस
 क्षेत्रका जुनियर खेलाडीले आफ्नो बृद्धि विकास गर्न सहज हुने आशा व्यक्त गरिएको छ ।

Comments