• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धरानको कृषि उपज बजारले लिने दोहोर कर विरुद्ध ब्यवसायी समिति आन्दोलित, दोहोर कर र सिण्डिकेट अन्त्यको माग
  • व्यावसायिक पशुपालनतर्फ आर्कषण बड्दो, चुलाचलीका कृषक संगठितरुपा बाख्रापालनमा सक्रिय
  • बालिका हत्या काण्डका विषयमा महेन्द्रनगरमा प्रदर्शन, भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास प्रहार
  • बर्तमान सरकार कसैको इसारामा नचल्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, करको विषयमा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भनाइ
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
बिजनेस
समयमा मिटर रिड नगर्नाले धनकु्टाका स्थानिय जरीवाना तिर्न बाध्य
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०७५

धनकुटा,२४ जेष्ठ । महिनै पिछे मिटर रिडर घर घर पुगेर बिल काट्नु पर्र्ने भए पनि धनकुटाका ग्रामिण क्षेत्रमा भने महिनै पिछे मिटर रिडर नपुग्ने गरेको पाइएको छ ।धनकुटाको शहिद भुमी गाँउपालिकामा २०७४ सात भदौ यता दुइ पटक मात्र मिटर रिडर गाँउ पुगेका छन् ।

भदौमा तिन महिनाको बिल लिएर पुगेका मिटर रिडर त्यो पछि एकै पटक बैसाख महिनामा नौ महिनाको बिल लिएर पुगेका स्थानिय हरी राइले जानकारी दिनुभयो । बैसाख यता पुन कुनैपनि रिडर सहिदभुमि पुगेका छैनन् । मिटर रिडरले समयमै बिल नकाटिदिदा स्थानिय बिजुलिको लाग्ने सुल्क सहित प्रत्येक महिनाको जरीबाना समेत तिर्न बाध्य छन् ।

यता कार्यलयले भने भौगोलिक बिकटता तथा कर्मचारी अभावका कारण मिटर रिडर समयमै सबैको घरमा पुग्न नसकेको जनाएको छ । हाल जिल्लामा २८ हजार मिटरको बिल काट्न २० कर्मचारीमात्र परिचालन हुने गरेका छन् । एक कर्मचारीले एक महिनामा १२ मिटर मात्र रिडिङ्ग गर्नुपर्ने भएपनि धनकुटामा भने करिब १४ मिटर रिडिङ्ग गर्नुपर्ने बाध्यता छ  ।

Comments