• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
खेलकुद
नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिग खेल्दै
प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५

काठमाडौ,२१ जेठ । नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिग पनि खेल्ने भएका छन् । इण्डियन प्रिमियर लिग आईपीएलमा राम्रो खेल प्रदर्शन गरेका लामिछाने पछिल्लो पटक क्यानेडियन लिगमा अनुबन्धित भएका हुन ।

लेग स्पिनर सन्दीपलाई क्यानेडियन लिगका लागि मोन्ट्रेल टाइगर्स क्लबले अनुबन्ध गरेको हो । यससँगै उनले फेरि एकपटक विश्व क्रिकेटमा आफू उदाउँदो खेलाडी रहेको सन्देश दिन पाउने भएका छन । ऐतिहासिक लर्डस मैदानमा विश्व ११ का तर्फबाट खेले लगत्तै सन्दीप क्यानेडियन लिगमा अनुबन्ध भएका हुन् । प्रतियोगिता जुन २८ तारिख असार १४ गते शुरु भई जुलाई १५ तारिख अर्थात असार ३१ गतेसम्म चल्नेछ ।   

Comments