• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
खेलकुद
विश्वकप फुटबल सुरु हुन अब १० दिन मात्रै बाँकी
प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५

एजेन्सी । विश्वकप फुटबल सुरु हुन अब १० दिन मात्रै बाँकी रहेको छ । रुसमा यही जुन १४ तारिख देखि सुरु हुने विश्वकपमा छानिएका सबै ३२ टोलीहरु यतिवेला अन्तिम तयारी र अभ्यास खेलमा व्यस्त छन् ।  

विश्वकपको अभ्यास स्वरुप गएराति खेलिएको खेलमा ब्राजिलले क्रोएसियालाई २–० ले हराएको छ ।

विश्वकप तयारीकै लागि खेलिएको अर्काे खेलमा स्पेनलाई स्विट्जरल्याण्डले एक–एक गोलको बराबरीमा रोकेको छ ।  त्यस्तै गएराति भएका अन्य मैत्रिपूर्ण खेलमा पेरुले साउदी अरेबियालाई ३–० ले हराउँदा कोस्टा रिकाले नर्दन आयरल्याण्डमाथि ३–० कै जित निकालेको थियो भने युक्रेनले अल्बानियालाई ४÷१ ले पराजित गरेको थियो ।

Comments