• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
अन्तर्राष्ट्रिय
ग्वाटेमालामा ज्वालामुखी विस्फोटमा परि सात जनाको मृत्यु
प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५

एजेन्सी । ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ । झण्डै ३ सय जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ग्वाटेमालाको राष्ट्रिय प्रकोप नियन्त्रण एजेन्सी (एनएपीए) लाई उद्धृत गर्दै बीबीसीले ज्वालामुखी विस्फोट हुँदा घरहरु नष्ट भएको र मानिसहरु जलेको जनाएको छ । आकाशमा फैलिएको धूलो–धुँवा तथा खरानीका कारण ला अरोरा विमानस्थल बन्द गरिएको छ भने दैनिक जनजीवन प्रभावित भएको छ ।

ग्वाटेमाला सरकारका अनुसार झण्डै १० लाख मानिस प्रभावित भएका छन् । सम्भावित जोखिमबाट जोगाउन मानिसहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ भने मास्क लगाउन तथा सतकर्ता अपनाउन अपिल गरिएको छ । ग्वाटेमालाका राष्ट्रपति जिम्मी मोरालिजले आपतकालीन उद्धार तथा खोज कार्य शुरु गरिएको जनाएका  छन् । ग्वाटेमालामा यसअघि पनि ज्वालाखुमी विस्फोटका घटना हुँदै आएका थिए । तर यो भने सन्  १९७४ यताकै ठूलो भएको बताइएको छ ।
 

Comments