• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
बिजनेस
बिदेशबाट फर्किएर स्वरोजगार बन्दै मनग्गे आम्दानी लिईरहेकाहरुकाे सफलताकाे कथा (भिडीयाे सहित)
प्रकाशित मिति: आइतबार, जेठ २०, २०७५

दमक ।  स्वदेशमा रोजगारी भएन भन्दै बिदेशिएका नेपालीहरु केहि बर्ष उतै बस्छन् र नेपाल फर्कन्छन् । तर बिदेशवाट फर्केपछि के गर्ने भन्ने अन्यौलताले उनीहरुलाई सताउने गरेको पाईन्छ । तर हाम्रै समाजमा त्यस्ता ब्याक्तीहरु पनि छन्, जो बैदेशिक रोजगारीबाट फर्किएपछि स्वरोजगार बनेर मनग्गे आम्दानी लिईरहेका छन् ।

झापाको दमक स्थित गणतन्त्र चोकबाट दक्षिण तर्फ । एउटा फरक प्रकारले सजीसज्जावट गरेको कफी सप छ । बिभिन्न देशी तथा बिदेशी स्वादका कफीको चुस्की लिन यहाँ दमक सहित आसपासका मानीसहरु आउछन् । जापानमा ६ बर्ष बसेर फर्किएका मनि मगरले यो कफि सप खोल्नुभयो । उहाले जापानमा सिकेको सिप र मिहिनेत नै उहाको प्रेरणाको श्रोत बन्यो । 
मनि मगर त एक उदाहरण पात्र मात्र हुनुहुन्छ । उहाजस्तै पाँच वर्ष साउदी अरव अनि पाँच वर्ष कतारमा रोजगारी गरेर फर्कनुभएका अर्का यूवा धनपति ओडारी पनि अहिले स्वदेशमै केहि गरौं भनेर स्वरोजगार बन्नुभएको छ ।

उहाले दमकमा फेन्सी पशल संचालन गर्दै आउनुभएको छ ।अर्काको मुलुकमा अर्काको हेपाहा प्रबृत्तिमा सहेर १० वर्ष काम गरेर हैरान हुनु भएका ओडारी अहिले आफ्नै ठाउँमा परिवारसँगै बसेर व्यवसाय गरिरहदा खाडीमा कमाएको भन्दा बढि आम्दानी र आत्मसन्तुष्टि मिलेको बताउनु हुन्छ ।

परिवारको खुसी र समृद्धीको सपना देखेर कमाउन भन्दै बिदेश जानेको लर्को छ देशमा । तर दमक नगरपालिकाले बिदेशबाट सिप सिकेर र थोरै लगानी लिएर आएका यूवाहरुसँग भने उचित परामर्श सहित सहकार्य गरेर काम गर्ने योजना बनाएको छ । बिदेशवाट फर्केका नेपालीलाई आफ्नै ठाउँमा स्थापित गराउने तयारी गरेको नगरपालिकाले जनाएको छ । 

दमक नगरपालिकले पछिल्लो समय उपमेयर स्वरोजगार कार्यक्रम लागू गरेको छ । यो कार्यक्रम अन्तर्गत दमकका यूवा तथा महिलालाई आवश्यक सिप सिकाएर अनि बिदेशबाट फर्केका यूवाका लागि यहाँको परिबेश अनुसारको व्यवसाय गर्न उत्प्रेरणा र साथ दिने नगरपालिकाले जनाएको छ । हिमशिखर टेलिभिजनका लागि भूमिराज पराजुली÷दमक झापा

Comments