• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धरानको कृषि उपज बजारले लिने दोहोर कर विरुद्ध ब्यवसायी समिति आन्दोलित, दोहोर कर र सिण्डिकेट अन्त्यको माग
  • व्यावसायिक पशुपालनतर्फ आर्कषण बड्दो, चुलाचलीका कृषक संगठितरुपा बाख्रापालनमा सक्रिय
  • बालिका हत्या काण्डका विषयमा महेन्द्रनगरमा प्रदर्शन, भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास प्रहार
  • बर्तमान सरकार कसैको इसारामा नचल्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, करको विषयमा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भनाइ
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
बिजनेस
महाकाली नदीमा तटबन्धको निर्माण कार्यमा ढिलाई
डिल्लीराज पन्त प्रकाशित मिति: शनिबार, जेठ १९, २०७५

कञ्चनपुर ।  महाकाली नदिमा दुई दशक अघि निर्माण गरिएको तटबन्ध जिर्ण बन्दै गएपछि त्यसको पुनः निर्माण शुरु गरिए पनि प्रयाप्त चालु आर्थिक बर्षमा प्रयाप्त बजेट बिनियोजित नहुदा तटबन्ध निर्माण कार्य मा ढिलाई भएको छ  । 

बर्खायाम सुरुहुन केहि दिन मात्रै वाकी रहदा समेत जिर्ण बन्दै गएको तटबन्ध र स्पर्म समयमै पुर्ननिर्माण हुन नसक्दा स्थानिय वासिन्दा कटानीको चिन्तामा रहेका छन । माहाकाली नदि किनारमारहेका महाकाली नगरपालिका र भिमदत्त नगरपालिका वस्ती जोगाउन दुई दशक अघि निर्माण गरिएको तटबन्ध जिर्ण बनेपछि गुरुयोजना बनाएर त्यसको पुनः निर्माण शुरु गरिएको थियो ।
 जापानी सहयोगी संस्था जाईकाले वस्ती जोगाउन करिब २० वर्षअघि तटबन्ध निर्माण गरेको थियो । जाईकाले निर्माण गरेको तटबन्ध अहिले आएर ठाउँ–ठाउँमा जिर्ण बनिरहेको छ ।
 तटबन्ध बनेको धेरै वर्ष भएकाले र ठाउठाउमा जिर्ण हुन पुगेकाले वर्षातमा आउने बाढीले ठाउँ–ठाउँमा भत्काएर क्षति गर्दै जान थालेपछि यसको पुनःनिर्माण शुरु गरेको र बजेट अभाव का कारण महाकाली नदी मा तटबन्ध को निर्माण कार्य  ढिलाई भईरहेको जनताको तटबन्ध कार्यक्रमका प्रमुख प्रचण्डदेव विष्टले बताउनुभयो । 

 तटबन्धको पुनःनिर्माण सक्ने जनताको तटबन्ध कार्यक्रमले १२ वर्षे गुरुयोजना बनाएर काम अघि बढाएको हो । अहिले २ हजार १ सय मिटर तटबन्ध पुनः निर्माण कार्य हुदैछ ।  एकै पटक यो तटबन्ध बनाउन बजेटले भ्याउने अवस्था नरहेका कारणले कार्यक्रमले अन्यत्रका नदी नियन्त्रण समेत गर्नुपर्ने भएकाले यसको पुनःनिर्माणका लागि १२ वर्षे गुरुयोजना बनाएर काम थालेको प्रमुख बिष्टको भनाई छ ।

त्यस्तै प्रमुख विष्टले अझै पनी समयमा वजेट पाउने हो ठेकेदारहरुले तोकेको समयमा पुर्ननिर्माणको काम सक्न सकिने वताउनु भयो ।

विभिन्न ठेकेदारहरुले भिमदत्तनगरपालिका ११, १२, १३ र महाकाली नगरपालिका को तटिय क्षेत्रमा गरी ३ प्याकेजमा काम गरीरहेका छन तर गत कार्तिक देखि आफुहरुले रकम नपाएको भन्दै केही निर्माण कम्पनीहरुले कार्य नै रोकेका छन ।

महाकाली नदी मा चालुबर्ष मा प्याकेज न. २ अन्तर्गत को तटबन्ध निर्माण को ठेक्का पाएका जोशी निर्माण सेवा का संचालक गणेश दत्त जोशी ले रकम अभावकै कारण तटबन्ध निर्माण कार्य रोकिने स्थिती आएको बताउनुभयो ।

जिर्ण बन्दै गएको तटबन्ध र पानकिो बहावलाई नियन्त्रण गर्ने स्पर्म्हरुको  समयमै पुर्ननिर्माण नगरीनेहो भने तटिय क्षेत्रमा बस्ने हजारौ सर्वसाधारण वर्षातका बेला जोखिममा वस्न वाध्य हुने निश्चित छ त्यसैले पनी सरकारले तटवन्ध पुर्न निर्माण गर्न अविलम्व वजेटको व्यवस्था गरी समसइा समाधान तर्फ पहल गर्नु जरुरी छ ।
 

Comments