बिर्तामाेड । पछिल्लो समय रंगमञ्चमा दर्शकको आकर्षण बढ्दै गइरहेका बेला पूर्वी नेपालको बिर्तामोडमा जिउँदो आकाश नामक नाटक मञ्चन हुने भएको छ ।
नाटक लाटीको छोरोको सफलतापछि निर्माण टिम आर्ट स्टुडियोले दोस्रो नाटक मञ्चन गर्न लागेको हो । नाटकले समाजमा तेस्रो लिङ्गीले ब्यहोर्नुपरेका समस्यालाई उतार्ने प्रयास गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
पछिल्लो समयमा पनि समाजमा तेस्रो लिङ्गीहरुलाई हेर्ने दृष्टीकोणमा कुनै परिवर्तन नआएकाले समाजमा रहेको भ्रमलाई चिर्न नाटक जिउँदो आकाश सफल हुने नाटकका संयोजक प्रकाश दाहालले बताउनु भयो ।
साइलेन्ट एक्टको निर्माणमा बनेको नाटक जिउँदो आकाश आगामी जेठ १८ गतेबाट २३ गतेसम्म बिर्तामोड स्थित अतिथी सदनमा मञ्चन गर्न लागिएको जनाइएको छ ।
नाटकमा रंगकर्मी अनिल सुब्बाको मुख्य भूमीका रहने जनाइएको छ । चन्द्र पाण्डेयद्धारा लिखित नाटक जिउँदो आकाशको निर्देशन आर के मेहेताले गरेका हुन ।