• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
राष्ट्रिय
मकालु एयरको विमान दुर्घटनाग्रस्त,दुई जनाकाे मृत्यू
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५

हुम्ला २ जेष्ठ । मकालु एयरको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । 

जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिनुभयो । उनीहरुको शव हेलिकोप्टरबाट सुर्खेत लगिएको छ । एजेयू–नाइन–एन कलसाइनको जहाज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेतबाट कार्गाे सामान लिएर हुम्लाको सिमकोट उडेको थियो ।

दुर्घटनास्थल सिमकोटदेखि १० दशमलब ७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ । डिआइजी शाहले जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको बताउनुभयो । जहाज हराएको सुचना पाउने बित्तिकै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजमा खटेको थियो ।

बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए । तर, स्थानीयले जहाज देखेको सुचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो ।

टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्टर त्यसतर्फ गएको थियो । घटनास्थल समुद्री सतहदेखि १२ हजार ८ सय फिट उचाईमा अवस्थित छ ।    

Comments