• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
राष्ट्रिय
भुकम्पले क्षतिग्रस्त पाँच विद्यालयका भवन निर्माण
बसन्त लिम्बू प्रकाशित मिति: बुधबार, जेठ २, २०७५

ताप्लेजुङ २, जेठ । भुकम्पले क्षति पु¥याएको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका पाँच वटा विद्यालयको भवन निर्माण एक गैरसरकारी संस्थाले गरिदिएको छ ।

बैसाख १२ को भुकम्पका कारण भत्किएका ती विद्यालयको भवन ग्रामिण शिक्षा तथा बातावरण विकास केन्द्र (रिड) नेपालको समन्वयमा हिमालयन ट्रष्ट युकेले निर्माण गरिदिएको हो । 

फक्ताङलुङ गाउँपालिका–६ लेलेप स्थित लुङथुङ आधारभुत विद्यालयमा पाँच कोठे, लेलेपकै देउराली आधारभुत विद्यालयमा दुई कोठे, ईखावुको बिपुधाम आधारभुत विद्यालयमा दुई कोठे, ईखावुकै सेवालुङ आधारभुत विद्यालयमा दुई कोठे र लेलेपको लावाजिन आधारभुत विद्यालयमा दुई कोठे भवन निर्माण गरिएका छन् ।

लुङ्थुङमा ४९ लाख ४० हजारको लागतमा दुई वटा पा“च कोठे, देउरालीमा १५ लाख ३९ हजारमा ठुलो हल भएको एक कोठे र बा“की सबै बिद्यालयमा दुई कोठे पक्कि भवन निर्माण भएका हुन् । 

रिड नेपालका अनुसार सेवालुङमा १९ लाख ६७ हजार, बिपुधाममा २० लाख ४६ हजार र लावाजिनमा २० लाख ९३ हजार रुपैँया भवन निर्माणमा खर्च भएको छ । भवन निर्माणका लागि दाताले ७५ र समुदायले २५ प्रतिशतको योगदान गरेका थिए । भुकम्प पछि उक्त संस्थाले पठनपाठनलाई नियमित गराउने उद्धेश्यले टेण्ट राखेर अस्थायी भवन निर्माण गरिदिएको थियो । यसरी बनेका अस्थायी भवनमै बसेर पढ्दै आएका विद्यार्थीहरु भने नव निर्मित भवनमा बस्न थालेका छन् । 

नव निर्मित भवनहरुको यसै साता दाताहरुकै उपस्थितीमा उद्घाटन गरिएको हो । हिमालयन ट्रष्ट युके विश्वको तेश्रो अग्लो कञ्चनजंघा हिमालका पहिलो आरोही जर्ज ब्याण्डले स्थापना गरेको संस्था हो ।
 

Comments