• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
बिजनेस
ठेकेदारले लापरवाहीले सडक नबने पछि बजेट फिर्ता जाने
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५

इलाम, २ जेठ । डेनमार्क सरकारले लगानी गरेको इलामका पाँचवटा सडक ठेकेदारको लापरवाहीका कारण पुरा नहुने निश्चित भएको छ ।

उन्नती समावेशी बृद्धि कार्यक्रमबाट लगानी भएका आठ मध्ये तीनवटा सडकको मात्रै प्रगती सन्तोषजनक छ । बाँकी पाँचवटा सडक आधा पनि बनेका छैनन् । असार १५ सम्मको म्याद दिइएको सडक आयोजना पुरा नहुने निश्चित छ । उपभोक्ता समिति मार्फत निर्माण थालिएको कामले समेत गति लिन सकेको छैन । 

उन्नती कार्यक्रम मार्फत कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सडकमा लगानी गरिएको हो  । डेनमार्क सरकारले रकम लगानी नभएपछि बजेट फिर्ता जाने भएको छ । अझ डेनिस सरकारले लगानी गरेको ठाउँमा नेपाल सरकारले लगानी नगर्ने सम्झौता भएकाले पुरा नभएका सडक झन अलपत्र हुने भएका छन् ।  असार १५ पछि ती सडक स्थानीय तहलाई जिम्मा लगाइने छ । तर, इलामका स्थानीय तहका प्रमुखहरुले अस्तब्यस्त पारिएका सडक जिम्म नलिने बताएका छन् ।

दुईवर्षअघि सम्झौता भएको बहुप्रतिक्षित फिक्कल नयाँबजार सडक आधा पनि बनेको छैन । सडक नबन्दा माइजोगमाई गाउँपालिकाको केन्द्रलाई मेची राजमार्गको फिक्कल जोड्ने योजना अपुरो हुने भएको छ ।

१९ किलो मिटर दुरीको फिक्कल नयाँबजार सडक १४ करोड ४६ लाख ३४ हजार रुपैयाँमा नागार्जुन निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । सडकमा अहिलेसम्म ३१ प्रतिशत मात्रै खर्च भएको छ । सडकको कल्भर्ट, नाली, ग्याबीन पर्खाल, सवग्रेड र वेस लगाउने काम पुरा भएको छैन । सडक हिलाम्मे हुँदा स्थानीयलाई हिडडुलमा समेत समस्या भइरहेको सूर्योदय नगरपालिकाका प्रमुख रनबहादुर राईले बताए । 
 

पाँच किलोमिटर दुरीको बरबोटे माझगाउँ कट्टेबुङ्ग सडकको पनि हविगत उस्तैछ । डेनिस सरकारकै लगानीमा निर्माण भइरहेको सडक निर्माणको काम आधा पनि हुनसकेको छैन । दुई करोड ९२ लाख ४१ हजार रुपैयाँ लगानी भएको सडक निर्माणको काम ३६ प्रतिशत हाराहारी मात्रै भएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । सो सडकमा पनि नाली निर्माण र कल्भर्टको काम पुरा हुन सकेको छैन । सडकमा ग्याविन पर्खाल र ग्राभेल लगाउन थालिएकै छैन । 

नेपालटार र पुवामझुवा सडक निर्माणको काम आधा मात्रै हुँदैछ । अबको ४५ दिनमा सडक पुरा हुने छाँट छैन । नागार्जुन विष्णु जेभीलाई निर्माणको जिम्मा दिइएको सडकको ग्यावीन लगाउँने र कल्भर्ट बनाउने काम पुरा भएको छैन । सडकमा ग्राभेल लगाउन थालिएकै छैन । तीन करोड ७९ लाख २२ हजार रुपैयाँमा निर्माण सम्झौता भएको सडकपनि ठेकेदारको लापरवाहीकै कारण अघि नबढेको हो । 

जीतपुर बजार साङ्गरुम्बा–इन्टेक सडकको पनि आधा काम मात्रै हुँदैछ । पाँच किलोमिटर दुरीको यो सडकलाई पनि असार १५ सम्ममा पुरा गर्ने म्याद दिइएको छ । तर तोकिएको अवधिमा काम सम्पन्न हुने सम्भावना छैन । दुई करोड ८९ लाख २२ हजार रुपैयाँमा निर्माण सम्झौता भएको सडकको आधाजति मात्रै काम पुरा भएको प्रमुख जिल्ला इञ्जिनियर ओमराज ढुङ्गना बताउँछन् । विरुवा भगवती जेभीले ठेक्का पाएको सडकमा अहिलेसम्म २३ प्रतिशत रकम मात्रै खर्च भएको छ ।
     
    

Comments