• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
राष्ट्रिय
एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बिहीबार बस्ने
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५

काठमाण्डौ २ जेष्ठ । एकताका बिषयमा टुङ्गो लगाउन  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक बिहीबार बस्ने भएको छ । 

प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बिहान बसेको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबिच भएको वार्तामा एकता संयोजन समितिको बैठक बिहिवार बिहान १० बजे डाक्ने र सोही बैठकबाट आवश्यक निर्णय गर्ने सहमति भएको हो ।

दुई अध्यक्षबीच बुधबार बिहान करिब दुई घन्टा चलेको छलफल पार्टी एकतासम्बन्धमा प्रगति उन्मुख रहेको बताईएको छ । पार्टी एकता सकेसम्म एक साताभित्रै टुंगो लगाउने गरि एकता संयोजन समितिमा छलफल गर्ने दुई अध्यक्षको तयारी छ ।

बैठकपछि एमाले नेता बिष्णु पौडेलले पोखरेलले शीर्ष नेताहरुको व्यस्तता र भारतीय प्रधानमन्त्रीको भ्रमणमा केन्द्रित हुनुपरेकाले छलफल हुन नपाएको भन्दै बिहीबारको बैठकले ठोस निष्कर्ष दिने बताउनुभयो । त्यस्तै माओवादी नेता जनार्दन शर्माले एकताका बिषयमा बिहीबार बस्ने संयोजन समितिको बैठकले थप निर्णय गर्ने बताउनुभयो ।

यसअघि प्रधानमन्त्री समेत रहेका ओलीले मंगलबार सार्वजनिक कार्यक्रममै एकता अन्तिम चरणमा पुगेको र अब केही कुरा मात्रै मिल्न बाँकी रहेको बताउनुभएको थियो भने मंगलबार बिहान माओवादी अध्यक्ष र एमाले नेता तथा एकता संयोजन समितिका सदस्य माधवकुमार नेपालबिच छलफल भएको थियो । 

Comments