• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत
  • असार बितिसक्दा पनि धनकुटामा ३० प्रतिसत मात्र रोपाइ
  • सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदबाट फिर्ता नहुने स्पष्ट
  • डाक्टर गोविन्द केसीको मागप्रति ऐकवद्धता जनाउदै चिकित्सकद्वारा देशभरकै अस्पतालमा सेवा ठप्प
  • गुफाबाट उद्धार गरिएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक बुधबार अस्पतालबाट घर फर्के
राष्ट्रिय
सीमा नाकाबाट सुनसहित दुई भारतीय पक्राउ
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५

  कञ्चनपुर २ जेष्ठ । कञ्चनपुरको गड्डाचौकीस्थित सीमा नाकाबाट आधा किलो सुनसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । 

आज बिहान भारतीय नम्बरको एउटा जिपबाट आधा किलो सुन भारततिर तस्करी गरिरहेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका हुन् । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले सो जिपबाट आधा किलो सुनसहित तस्करीमा संलग्न दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख मदन दाहालले विषेश सूचनाका आधारमा उनीहरुलाई भन्सारकै ब्यारेलमा पक्राउ गरिएको बताउनुभयो । 

वहाका अनुसार लेबल नलागेको आधा किलो सुनसहित भारतको हरियाणाका जितेन्द्र सैनिक र सुरेश कुमारलाई पक्राउ गरिएको छ । बरामद सुनको बजार मूल्य २५ लाख रहेको प्रमुख भन्सार अधिकृत दाहालले बताउनुभयो । वैशाख ३१ गते चार दिनका लागि सो गाडीको भन्सार सुविधा काटिएको छ ।

एक दिन म्याद नसकिदै सो सवारी साधन सुन लिएर फर्किएको भेटिएको हो । भन्सार अधिकृत दाहालले प्रारम्भिक अनुसन्धानकै क्रममा रहेकाले सुन कसको र कहाँबाट ल्याएको हो भन्ने बारेमा प्रष्ट हुन बाँकी रहेको बताउनुभयो ।

Comments