• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
मोफसल समाचार
सुर्योदय इङलिस बोर्डिङ स्कुलमा यूवा संघले लगायाे ताला
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५

दमक २ जेष्ठ । झापाको दमकमा रहेको सुर्योदय इङलिस बोर्डिङ स्कुलमा यूवा संघ झापाले आज बिहान ताला लगाएको छ ।

बिद्यालयले बिना स्विकृती भारतिय पाठय् सामाग्री रहेका पुस्तक पठन पाठन गराएको र राष्ट्रियता माथी नै प्रहार गरेको भन्दै यूवा सघंले विद्यालयमा ताला लगाएको हो । यूवासघंले बिद्यालयको प्रशाषन र प्रधानाध्यापकको कार्यकक्षमा ताला लगाएको यूवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले बताउनुभयो ।

ताला लगाउनु पूर्व यूवा संघका प्रतिनिधीले बिद्यालयकी प्रधानाध्यापकलाई नेपालको राष्ट्रिय झण्डा समेत प्रदान गरेका थिए । नेपालको राष्ट्रिय झण्डा नै बिर्सिएर पाठ्यपुस्तकमा भारतीय झण्डा राखेकोले नेपालको राष्ट्रिय झण्डा बितरण गरेको यूवा सघंले जनाएको छ ।

यद्यपी बिद्यालयले गरेको गल्तिका बारेमा दमक नगरपालिकाले गत सोमवार नै बिद्यालय अनुगमन गरि भारतिय प्रकाशनका पुस्तकहरु जफत गरि सकेको छ भने बिद्यालयले नगरपालिकालाई स्पस्टिकरण समेत बुझाई सकेको छ ।

Comments