• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको गोलाखर्कस्थित एक बाल अनाथलय संकटमा÷ स्रोत र आवास भवनको अभाव
  • पूर्वी नाकामा भन्सारद्वारा चेकजाँचमा कडाई÷चोरी पैठारी घटेको भन्सार प्रमुखको दावी
  • ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका अधिकांश वडा बर्षौदेखि विद्युत बिहिन
  • झापाको एक विद्यायमा अनौठो संयोग एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा विद्यार्थी÷शिक्षकलाई छुट्टयाउनै हम्मे हम्मे
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
राष्ट्रिय
कृती आजादकाे ट्विटको विरोधमा काठमाडौंमा प्रदर्शन
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५

काठमाण्डौ १ जेष्ठ । भारतीय सांसद किती आजादले गरेको ट्विटको विरोध गर्दे नेपाल बिद्यार्थी संघले आज काठमाडौंको बिभिन्न क्याम्पस अगाडी प्रदर्शन गरेका छन् । 

भारतीय सांसदले नेपालको स्वाधिनतामाथि हस्पक्षेप गरेको भन्दै उनीहरुले प्रर्दशन गरेका हुन् । प्रर्दशनका क्रममा बिद्यार्थीहरुले भारतीय सांसद कृति आजादको पुत्ला दहन समेत गरेका छन् ।

भाजपा सांसद किर्ती आजादले शुक्रबार ट्विटमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणसँग जोडेर, जनकपुरलाई भारतमा गाभेर मिथिला राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यस्तै विद्यार्थीहरुले गैरजिम्मेवारी अभिव्यक्ति दिने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कारबाहीको माग गरेका छन् ।

यस्तै, भारतीय सेना नेपाल भित्रन दिएर सरकारले लज्जास्पद काम गरेको भन्दै आलोचना गरेका छन् । केपी ओली नेतृत्वको सरकार लम्पसारवादी भएको आरोप पनि उनीहरुले लगाएका छन् । विरोधका कारण केही समय क्याम्पस क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या परेको छ ।

Comments