• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत
  • असार बितिसक्दा पनि धनकुटामा ३० प्रतिसत मात्र रोपाइ
  • सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदबाट फिर्ता नहुने स्पष्ट
  • डाक्टर गोविन्द केसीको मागप्रति ऐकवद्धता जनाउदै चिकित्सकद्वारा देशभरकै अस्पतालमा सेवा ठप्प
  • गुफाबाट उद्धार गरिएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक बुधबार अस्पतालबाट घर फर्के
खेलकुद
पूर्व फुटवल खेलाडी मणि शाहलाई दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जली व्यक्त
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५

काठमाण्डौ १ जेष्ठ । सोमबार साँझ निधन भएका पूर्व फुटवल खेलाडी मणि शाहको काठमाडौको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

श्रद्धाञ्जली सभामा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले शाहको पार्थिव शरीरमा राष्ट्रिय भण्डा ओडाएर सम्मान गर्नुभयो ।

शाहलाई श्रद्धाञ्जली व्यक्त गर्न खलकुदकर्मीमात्र नभई बिभिन्न दलका शिर्ष नेता लगायत अन्य क्षेत्रका व्यक्तिहरु तथा खेलप्रेमीहरु रंगशाला पुगेका थिए ।

शाह लामो समयदेखि कलेजोको समस्याका कारण विरामी हुनुहन्थ्यो । आइतबार साँझ नर्भिक अस्पताल भर्ना भएका ५१ वर्षीय मणि भेन्डिलेटर कक्षमा उपचारत हुनुहुन्थ्यो ।

नेपाललाई ऐतिहासिक सफलता समेत दिलाएका मणि सफल फुटबल खेलाडीसमेत रहनुभएको छ ।

सन् १९९३ मा बंगलादेशको ढाकामा सम्पन्न छैटौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले स्वर्ण जित्दा मणिको योगदान अतुलनीय थियो । 

Comments