• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
राष्ट्रिय
हावाहुरीले तराईमा विद्युत सेवा अवरुद्ध
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५

दमक १ जेष्ठ । हावाहुरीका कारण तराईका धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । पोल ढलेका कारण विद्युत सेवा अवरुद्ध भएको हो । 

ट्रान्सफरमर नै जलेको ठाउँबाहेक अरु ठाउँमा बेलुकीदेखि विद्युत सेवा सञ्चालन गर्नेगरी मर्मतको काम भैरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार महेन्द्रनगर, कोहलपुर, नेपालगञ्ज, बारा, पर्सा, रौतहट, सप्तरी, सिराहा, जनकपुर, दुहवी र अनारमनिसम्म विद्युतको खम्बा र तार मर्मतको काम बेलुकीसम्ममा सक्ने तयारी छ । मर्मतको काम सकिएपछि विद्युत आपूर्ति हुने उहाँले जानकारी दिनुभयो ।

तराई क्षेत्रका ३३ केभी प्रसारण लाइन हावाहुरीका कारण सबैभन्दा बढी क्षति भएको उहाँले बताउनुभयो । तराई–मधेश क्षेत्रमा रहेको नेपाल विद्युत प्राधिकरणको प्रसारण प्रणालीमा क्षति भएको र त्यसलाई सञ्चालनमा ल्याउन मर्मतको काम भैरहेको हो ।

आइतबार बेलुकी आएको हावाहुरीका कारण ३३ केभी र ११ केभीका प्रसारण लाइन प्रभावित भएका हुन् । यस्तै कालीगण्डकी–बुटवल खण्डको १३२ केभी प्रसारण लाइनको एउटा सर्किटमा समस्या आएको छ ।

हावाहुरीका कारण पोल तथा तार ढलेको र लत्रेको भए प्राधिकरणको सम्बन्धित वितरण केन्द्र तथा जिल्ला कार्यालयलाई जानकारी दिन समेत उहाँले आग्रह गर्नुभएको छ

Comments