• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
राष्ट्रिय
राष्ट्रहित विपरित कुनै पनि कार्य भएकाे छैन : प्रधानमन्त्री ओली
प्रकाशित मिति: आइतबार, बैशाख ३०, २०७५

काठमाण्डौ ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणमा राष्ट्रहित विपरित कुनै पनि कार्य नभएको र नेपालको स्वाधीनतालाई सर्वोपरी राखेको स्पष्ट पार्नुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे आज प्रतिनिधिसभालाई जानकारी गराउदै उहाले मित्रता कुनै पनि सम्झौता, सहमतिभन्दा माथि भएको बताउँनुभयो । 

प्रधानमन्त्रीले ओलीले दुवै देशको हित  र सार्वभौमिकताको जगेर्ना गरिएको समेत प्रष्ट पार्नुभएको छ । भ्रमणपूर्व प्रमुख नेता, पूर्वप्रधानमन्त्री, विपक्षी, परराष्ट्रविज्ञसँग छलफल गरेर सुझाव लिएको बताउँदै उहाले सबै तहबाट राष्ट्रिय हित, सन्तुलित सम्बन्धको पक्षमा सम्बन्धलाई सुमधुर, सुदृढ बनाइयोस् र अघि बढाइयोस् भन्ने नै आएको सदनलाई जवाफ दिनुभयो ।

उहाले जनकपुरको बाह्रविघा मैदानमा नागरिक अभिनन्दनका क्रममा दुई नम्बर प्रदेशका मुख्यमन्त्रीले कूटनीतिक अपरिपक्वता प्रदर्शन गरेको बताउँदै पराराष्ट्र मामिला केन्द्र सरकारकै मातहत रहने भएकाले नेपाल सरकारको परराष्ट्र नीति त्यो नभएको प्रष्ट पार्नुभयो ।

 नेपाल–भारतबीचको मैत्री सम्बन्ध नयाँ उचाइमा पुर्याएको तथा बराबरीको मान्यता र मित्रता अभिवृद्धिमा नयाँ आयाम थपिएको उहाको भनाई छ । सन्धी–सम्झौतामा केही कुरा तलमाथि परेको भए आफू जिम्मा लिन तयार रहेको उद्घोषसमेत उहाले गर्नुभयो ।

प्रधानमन्त्री ओलीले केही दिनभित्रै दुवै देशका कृषिमन्त्रीको बैठक बसेर कृषि क्षेत्रमा कहाँ के गर्न सकिन्छ, त्यसबारेमा योजना बनाउने र कार्यान्वयन गर्ने सहमति भएको जानकारी दिनुभयो ।

त्यस्तै उहाले काठमाडौँ–रक्सौल रेल्वेका लागि प्राविधिक सर्भेक्षण गर्ने र छिट्टै समझदारीपत्रमा हस्ताक्षर हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, जलमार्ग सञ्चालन गर्न प्राविधिकहरूको कार्यदल बनाएर काम गर्ने सम्झौता भएको उहाले जानकारी दिनुभयो ।

 त्यस्तै नेपालगञ्ज, भैरहवा, विराटनगर आदि थप चार ठाउँबाट हवाइ इन्ट्री रुट दिन भारतसँग अनुरोध गरिएको र त्यसको सम्भाव्यताबारे सेप्टेम्बरभित्रै अध्ययन गरिने उहाले बताउनुभयो ।

Comments