• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
राष्ट्रिय
झापामा एक ग्यारेजमा बम विष्फोट, दुईवटा बसमा क्षती
प्रकाशित मिति: आइतबार, बैशाख ३०, २०७५

काकडभिट्टा ३० बैशाख । झापाको मेचीनगर नगरपालिका स्थित सुर्योदय यातायात प्रालिको ग्यारेजमा आज विहान करिब ३ बजे तिर बम विष्फोट भएको छ ।

बिष्फोटबाट सुर्योदय यातायात प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नंम्बरको बसमा क्षति पुगेको छ।

बिष्फोटका कारण बसको डिजल ट्याङ्की, झ्यालका सिसा तथा टायरहरुमा क्षति पुगेको छ । प्रहरीले बिष्फोट बिप्लब नेतृत्वको माओवादीका कार्यकर्ताले गराएको हुनसक्ने आशंका गरेको छ । बिष्फोट गराउनेको खोजी भईरहेको प्रहरीको भनाइ छ ।

यसैबिच झापाका अन्य स्थानमा बाहिर आएजस्तो कुनै संकास्पद बस्तु र बिष्फोटक पदार्थ नभएको झापा प्रहरीले स्पष्ट पारेको छ ।  उता मोरङको सुन्दरहरैजामा संकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ 

Comments