• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
राष्ट्रिय
बस दुर्घटना हुदा चालक सहित ५ जनाको मृत्यु
प्रकाशित मिति: आइतबार, बैशाख ३०, २०७५

प्युठान ३० बैशाख । महेन्द्रनगरबाट प्युठानको खलंगातर्फ आउँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको रात्री बस प्युठानको प्याकुरीमा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । 

बस चालक कैलालीका बीरबहादुर थारुसहित ५ जनाको  मृत्यु भएको हो । दुर्घटनामा परि अन्य २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेका छन् ।

गम्भीर घाईते भएका ४ जनाको बुटवलमा उपचार भईरहेको छ । अन्य २१ जनाको प्युठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ । ज्यान गएका ५ मध्ये ४ जनाको शव बाहिर निकालिएको छ ।

१ महिलाको शव गाडीमै च्यापिएको र गाडी कटिङ गरेर निकाल्ने कार्य भैरहेका प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिनुभयो । गाडी चालक बाहेक अन्यको सनाखत हुन सकेको छैन ।

दुर्घटनाको सूचना प्राप्त भए लगत्तै जिल्ला प्रहरी कार्यालय प्युठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलको कमाण्डमा ४० जनाको प्रहरी टोली दुर्घटना स्थलमा परिचालित भएको छ ।

बसको हेड लाईट बिग्रेपछि बस सडकबाट २ सय मिटर तल खसेको दुर्घटनाको प्रारम्भिक अध्ययनबाट खुल्न आएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा जिल्लास्थित सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली समेत परिचालित भएका छन् । उद्धार कार्य भैरहेको र विस्तृत विवरण आइ नसकेको प्रहरीले जनाएको छ ।

Comments