• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
अन्तर्राष्ट्रिय
कंगोमा भोकमरीका कारण ४ लाख बालबालिका मृत्युको जोखिममा
प्रकाशित मिति: शनिबार, बैशाख २९, २०७५

एजेन्सी । संयुक्त राष्ट्रसंघका अनुसार गणतान्त्रिक मुलुक कंगोमा भोकमरीका कारण ४ लाख बालबालिका मृत्युको जोखिममा रहेका छन् ।

कसाई क्षेत्रका बालबालिकामा भोकमरीका कारण  मृत्युको उच्च जोखिम रहेको राष्ट्रसंघले जनाएको छ । उनीहरुमा कुपोषण समेत रहेकाले मृत्युको उच्च जोखिममा रहेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघ अन्र्तगतको युनिसेफले ८ करोड ८० लाख अमेरिकी डलर सहयोग गर्न समेत सहायता निकायलाई अपिल गरेको छ ।

समृद्ध र शान्त मुलुक रहेको कंगो सन् २०१६ देखि हिंसा भड्किएपछि भोकमरी तथा अशान्त मच्चिएको हो ।

लामो समयदेखि विद्रोही र सरकारबीच जारी द्धन्दका कारण कंगोमा भोकमरीको भयावह स्थिती सिर्जना भएको राष्ट्रसंघले उल्लेख गरेको छ । सन् २०१७ मा समेत राष्ट्रसंघले उच्चस्तरीय आपत्त्कालिन स्थिती रहेको बताएको थियो । 

Comments