• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • उपसचिब प्रेम संजेल कार्यालय हाजिर भए
  • ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु
  • प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धान्जली
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
स्वास्थ्य
ईलाममा स्वास्थ्य बिमा यसकारण बन्याे प्रभावकारी
प्रकाश नेपाल प्रकाशित मिति: बिहीबार, बैशाख २७, २०७५

ईलाम । सामाजिक स्वास्थ्य सुरक्षा बिकास समितीको स्वास्थ्य बिमा कार्यक्रम ईलाम जिल्लामा सुरु भएको २ बर्ष भएको  छ । जस अनुसार २०७३ साल असार १५ बाट दर्ता गर्न सुरु गरिएको थियो । पहिलो चरणमा कैलाली, ईलाम र बाग्लुङ गरी तीन जिल्ला बाट सुरु गरिएको कार्यक्रम हाल देश का २२ जिल्ला मा लागु भईसकेको छ ।

स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ५ जनाको परिवारले २५०० रकम तिरेर स्वास्थ्य बिमा सदस्य बनेपछि ५०,००० सम्मको उपचार पाउने छन ।

स्वास्थ्य बिमा भन्नाले सामान्यतः स्वास्थ्य खर्च बेहोर्ने कार्यक्रम भन्ने बुझिन्छ । स्वास्थ्य बिमामा दुर्घटनाबाट भएको हानि नोक्सानी, स्वास्थ्य खर्च, अपांगता वा आकस्मिक मृत्यु र अंगभंगताको बिमा संलग्न हुन्छ र यसले बिमित व्यक्तिको रोग तथा चोटपटकको उपचारमा लाग्ने खर्च बेहोर्छ । स्वास्थ्य बिमा गरेपछि मात्र स्वास्थ्य बिमाको महत्वबारे बुझेको इलाम शिहबाहिनी स्थानिय बुद्धी प्रसाद दाहालले बताउनु भयो ।

इलाममा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको २ बर्ष हुँदा बुद्धी प्रसाद जस्तै बिमा गरेर सेवा लिइरहेकाहरु इलाममा निकै छन् । स्वास्थ्य बिमा गरेर उपचार लिन पाउदा नयाँ जीवन पाएको इलाम अस्पातलमा उपचार गर्न आएका सेवा ग्राहीहरुको भनाई  छ । 

सामाजिक सुरक्षा विकास समिती इलामका तथ्याङ्क अनुसार इलामबाट २१ हजार २६४ जनाले स्वास्थ्य बिमा गरेका छन् । जसमध्ये जिल्ला अस्पातल इलाम र जिल्लाका ४ वटा प्राथमिक स्वास्था संस्था बाट मात्र भने ९ हजार २७० जनाले स्वास्थ्य सेवा लिइरहेका छन् ।

इलाम जिल्लामा स्वास्थ्य विमा गरेपनि झापाबाट २ हजार ४८ जनाले र  काठमाण्डौबाट १२० जनाले झापा र काठमाण्डौ कै विभिन्न स्वास्थ्य संस्थाबाट सेवा लिदै आएका छन् । देशभर स्वस्थय विमा कार्यक्रमको प्रभावकारी बढ्दै गएको सामाजिक सुरक्षा विकास समिती इलामका दर्ता अधिकारी खेमराज अधिकारीको भनाई छ ।

इलामका ८१ वडामा ८३ जना दर्ता सहयोगीले विमा गराइरहेका छन् । जिल्लामा स्वास्थ्य विमा गराउने मध्ये दिर्घ रोगीका बिरामी बढी देखिएका छन् भने सेवा लिने मध्ये उच्च रक्तचापका विरामी बढी छन् । रोग पहिचान नभएका, ग्याष्ट्रिक, मधुमेह, तल्लो पेट दुख्ने विरामीको संख्या बढी रहेको सामाजिक सुरक्षा विकास समिती इलामले जनाएको छ । इलाम जिल्लामा गरिवी परिचयपत्र वितरण भएको छैन ।

यसका कारण स्वास्थ्य विमा मार्फत गरिव वर्गलाई दिइने छुटबाट वञ्चित भएकालाई पनि समेट्न सके यसको प्रभावकारिता अझै बढेर जाने थियो की ?

Comments