• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
मोफसल समाचार
तेह्रथुममा छ जना वृद्धवृद्धा सम्मानित
प्रकाशित मिति: बिहीबार, बैशाख २७, २०७५

 तेह्रथुम . तेह्रथुमको म्याङलुङ्ग नगरपालिका–४, वडा कार्यालयले ९० वर्ष माथिका छ जना वृद्धवृद्धा सँगै १२ जना अपाङ्गता भएकाहरुलाई सम्मान गरेको छ । 

वडा कार्यालयमा आयोजित एक कार्यक्रममा नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले वृद्धवृद्धा र अपाङ्गता भएकाहरुलाई दोसल्ला, कदर पत्र र अन्य सामाग्रीहरु सहित सम्मान गर्नुभएको थियो । वडाबासी वृद्धवृद्धा र अपाङ्गता भएकाहरुको सम्मानका लागि सो कार्यक्रम गरिएको वडाध्यक्ष राम खड्काले बताउनुभयो ।

वडा कार्यालयले ९९ वर्षीय कौशिला बुढाथोकी, ९८ वर्षीय विष्णुमाया सुवेदी, ९७ वर्षीय लक्ष्मीमाया निरौला, ९६ वर्षीय पदमबहादुर बुढाथोकी, ९४ वर्षीय गंगाप्रसाद निरौला र ९३ वर्षीय खड्गबहादुर दमाईलाई कदर पत्र सहित सम्मान गरेको छ ।

कार्यालयले वडा क्षेत्रका १२ जना अपाङ्गता भएकाहरुलाई नगद सहित छाता, जुत्ता लगायतका सामाग्रीहरुले सम्मान गरेको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख तुम्बाहाम्फेले नगरपालिकाले आगामी वर्षबाट वृद्धवृद्धा र अपाङ्गता भएकाहरुका लागि विशेष कार्यक्रमहरु बनाएर लागु गर्ने बताउनुभयो । 

Comments