• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
बिजनेस
इलाममा हरियो चियापत्तिको लागत मूल्य नर्धारण
प्रकाशित मिति: बुधबार, बैशाख २६, २०७५

ईलाम । इलाममा उत्पादित हरियो चियापत्तिको लागत मूल्य निर्धारण गरिएको छ । जिल्लाको सुर्याेदय नगरपालिकामा चियासम्बन्धी विभिन्न तथ्याङ्क संकलन गरी हरियो चियाको लागत मूल्य निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।

उन्नति समावेशी परियोजना अन्तर्गत चिया विस्तार योजना फिक्कलको प्राविधिक सहयोगमा लागत मूल्य निर्धारणको लागि दुई महिनासम्म अध्ययन गरी तथ्याङ्कहरु संकलन गरेको थियो । तथ्याङ्ककको आधारमा नगरपालिकाले हरियो चियाको लागत मूल्य ३७ रुपैयाँ ३१ पैसा निर्धारण गरेको नगरपालिका प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो  ।

किसानले कुन मापदण्डको चिया टिपाई गर्ने र कारखानाले कस्तो चियापत्ति लिने भन्ने मापदण्ड बनाउने विद्युतको नियमितताबारे भने थप छलफल गरिने छ ।

नगरपालिकाको आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा चिया विस्तार योजना फिक्कलका प्रतिनिधि, चिया उत्पादक सहकारी संस्थाका प्रतिनिधिहरु, ठूला तथा साना चिया उद्योगका प्रतिनिधि स्वतन्त्र चिया विज्ञ जिल्ला चिया उत्पादक सहकारी संस्थाका प्रतिनिधिलगायतको सहभागितामा २ महिना लगाएर लागत मूल्यको अध्ययन गरिएको थियो ।

Comments