• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको गोलाखर्कस्थित एक बाल अनाथलय संकटमा÷ स्रोत र आवास भवनको अभाव
  • पूर्वी नाकामा भन्सारद्वारा चेकजाँचमा कडाई÷चोरी पैठारी घटेको भन्सार प्रमुखको दावी
  • ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका अधिकांश वडा बर्षौदेखि विद्युत बिहिन
  • झापाको एक विद्यायमा अनौठो संयोग एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा विद्यार्थी÷शिक्षकलाई छुट्टयाउनै हम्मे हम्मे
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
मोफसल समाचार
दमककी एक महिलालाई क्यान्सर भएपछि उपचारमा सहयोग गरिदिन आग्रह
प्रकाशित मिति: बुधबार, बैशाख २६, २०७५

दमक । झापा दमककी एक महिलालाई क्यान्सर भएपछि उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । 

 झापाको दमक २ कि २४ वर्षिया जानुका पराजुलीलाई मलद्धारमा क्यान्सर भएपछि आर्थीक अभावका कारण समयमा उपचार गराउन नसकेको उहाको भनाइ छ ।

१३ महिना अघि बैदेशिक रोजगारका लागि हङकङ जानु भएकी पराजुली क्यान्सर भएपछि स्वदेश फर्कनु भएको हो । हङकङमा घरेलु कामदारका रुपमा काम गर्दै आउनु भएकी पराजुलीले आफुलाई क्यान्सर भएको थाहा पाएपछि हङकङमा उपचार गराउन महँगो हुने भन्दै स्वदेशमै उपचार गराउन आएको बताउनुभएको छ ।

नेपाल फर्केपछि हङकङमा रहेको  हङकङ झापा  मञ्चले ३ लाख १४ हजार ५ सय रुपैयाँ संकलन गरेर पठाएको र थप ९ लाख समेत संकलन गरिसकेको जनाइएको छ । संकलन गरेरर पठाइएको ३ लाख १४ हजार ५ सय रुपैँया आज दमक नगरपालिकाकी  उप प्रमुख गीता अधिकारीले बिरामीको घरैमा पुगेर हस्तान्तरण गर्नु भएको थियो ।

संकलित रकम बितरण पछि बोल्दै उपप्रमुख गीता अधिकारीले बिरामीको उपचारका लागि नगरपालिकाले पनि सहयोग गर्ने बताउनु भयो । शल्यक्रिया गर्न कम्तिमा ५० लाख रुँपैयाँ लाग्ने भएकोले थप सहयोगका लागि बिरामीकी आमा भोजकुमारी पराजुलीले सबैसामु अपिल गर्नभएको छ । 

Comments