• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
बिजनेस
उदयपुरमा सरकारी जमिन अतिक्रमणको चपेटामा
प्रकाशित मिति: सोमबार, बैशाख २४, २०७५

गाईघाट २४ बैशाख । उदयपुर सदरमुकाम गाईघाटको सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ ।

त्रियुगा हवाई मैदानको नाममा दर्ता रहेको १४ विगहा १६ कठ्ठा १६ धुर जमिन केहि वर्ष देखि अतिक्रमण हुदै आएको हो ।

विमान स्थल निर्माण गरीने जमिन प्रविधिक रुपमा अनुकुल नभएपछि क्रमीक रुपमा अतिक्रमण भएको हो । अतिक्रमण गरी मदन भण्डारी भण्डारी स्मृति सभाहल, थारुहट उदयपुर रंगशाला, तरकारी बजार निर्माणका साथै त्रिचालीस ओटा निजि घर टहरा निर्माण तथा बसोबास समेत रहेको छ । करिब २ दर्ज निजी घर निर्माणका चरणमा रहेको छ ।

गाईघाट–बेल्टार–चतरा सडक र गाईघाट– लक्ष्मीपुर सडकका किनारमा ठूला निजीआवस तथा व्यापारीक प्रतिस्ठान पनि निर्माण भएका छन् । मदन भण्डारी स्मृति सभाहलको पूर्व तथापश्चिम खेतिका लागी जमिन अतिक्रमण भएको छ ।

नगरपालिकाको तर्फबाट २ पटक सम्म अतिक्रमित जमिन खाली गर्न सुचना सार्वजनिक गरेको त्रियुगा नगरपालिका गाईघाटका प्रसासकिय प्रमुख तारानाथ लुईटेलको भनाइछ । अव तेस्रो पटक दिन तोकेरै सुचना प्रकासन गर्ने र खाली नगरे प्रहरी प्रसासनको सहयोगमा अतिक्रमित जग्गा खालि गराएरै छाड्ने वहाले बताउनुभयो ।

जिल्ला स्थित सुरक्षानिकाय प्रमुख जिल्ला अधिकारी तथा नगरपालिको टोलीले अनुगमन, निरिक्षण गरे पनि अहिले सम्म कुनै कदम चाल्न सकिएको छैन ।

यस अघिपनि सदरमुकामको बरुवा बसपार्क, सिट बसपार्क, नदि आसपासका जमिन अतिक्रमण भई महगो मुल्यमा विक्रि हुदै आएको स्थानियको आरोप छ ।

Comments