• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
स्वास्थ्य
नर्सहरुकाे गुनासाे : नर्सिङ पढ्दाको उत्साह जागिर खाँदा सेलायो
प्रकाशित मिति: शनिबार, बैशाख २२, २०७५

झापा । सरकारी अस्पतालमा दरबन्दी नबढाउँदा एकातिर नर्सहरु बेरोजगार छन् त अर्काे तर्फ निजी अस्पतालमा श्रम शोषणमा परेका छन् । 

रातदिन बिरामीको सेवामा खटिने एउटै नर्सले ३० देखि ४० जना सम्म बिरामी हेर्नु परे पनि तलब भत्ता र सुविधा भने अत्यन्त न्यून भएको गुनासो उनीहरुले गर्दै आएका छन् । अस्पतालमा सबै भन्दा महत्पूर्ण भूमिका हुन्छ नर्सको । २४ सै घन्टा सेवामा खटिने यी नर्सहरुले खटाइ अनुसारको न तलब पाएका छन् न सुबिधा र सम्मान ।

नर्सिङ पढ्दा जुन उत्साह थियो त्यो अहिले नभएको नर्सहरु बताउछन् । अस्पतालमा बिरामीको चाप बढ्दो छ तर त्यस अनुसार नर्सको दरबन्दी  बढाउने काम नहुँदा एउट नर्सले ४० जना सम्म बिरामी हेर्नु परेको गुनासो सरकारी अस्पतालका नर्सहरुको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सघन उपचार कक्ष (आईसीयू) मा एक बिरामी बराबर एकजना नर्स ,शल्यकक्षमा एक बिरामी बराबर तीन, वार्डमा पाँच बिरामी बराबर एक नर्स हुनुपर्छ । नेपालको कुल जनसंख्याको अनुपात हेर्ने हो भने हाल सरकारी सेवामा कार्यरत एकजना नर्सको भागमा करिब छ हजार बिरामी पर्ने गरेका छन् ।

Comments