• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
खेलकुद
दमक गोल्डकपमा आयोजक र रुपन्देही भिड्दै
प्रकाशित मिति: बिहीबार, बैशाख २०, २०७५

दमक २० बैशाख ।  झापाको दमकमा सुरु भएको दमक गोल्डकप फुटबल प्रतियोगितामा आज बिहीबार आयोजक दमक नगरपालिकाको टिम र रुपन्देही ११ बीच खेल हुनेछ ।

आजको खेल अपरान्ह ३ बजेपछि सुरु हुनेछ । खेल दमक बहुमुखी क्याम्पसको मैदानमा हुने छ ।

यसअघि हिजोको उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी भएको थियो । उसले झापा ११ लाई चार–शून्य गोलले पराजित गरेको थियो ।

बैशाख २८ गतेसम्म चल्ने गोल्डकपमा ‘ए’ डिभिजन सहित १० टिमको सहभागीता रहने प्रचारप्रचासर संयोजक चन्द्र खत्रीले जानकारी दिए ।

गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार र ट्रफी प्राप्त गर्ने छन् ।

Comments