• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
बिजनेस
आधुनिक प्रविधि जडित अर्थोडक्स चिया प्रशोधन उद्योग सन्चालनमा
प्रकाशित मिति: आइतबार, बैशाख १६, २०७५

तेर्हथुम १६ बैशाख । तेह्रथुममा आधुनिक प्रविधि जडित अर्थोडक्स चिया प्रशोधन उद्योग सन्चालनमा आएको छ । लालीगुराँस नगरपालिका–९, सोल्मास्थित सिंहदेवी चिया उत्पादक सहकारी संस्थामार्फत चिया उत्पादक किसान आफैँले लगानी गरेर उद्योग स्थापना गरेका हुन् ।

करिब तीन करोड रुपैयाँ लगानीमा बनेको उद्योग स्थापनाका लागि उनीहरुलाई उन्नति परियोजनाले एक करोड ९ लाख रुपैयाँ सहयोग गरेको छ । उद्योगको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

उद्योगबाट अब ४० हजार केजी अग्र्यानिक अर्थोडक्स चिया उत्पादन हुने सहकारी संस्थाका अध्यक्ष खेमबहादुर केप्छाकीले बताउनुभयो । जिल्लामै पहिलो पटक आधुनिक प्रविधि जडित उद्योग स्थापना भएपछि जिल्लाका किसानले उत्पादन गरेको हरियो पत्ती खेर नजाने भएको छ ।

सोल्मामा मात्रै २ सय १९ परिवार किसानले करिब १४ सय रोपनी क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् । उद्योग सन्चालक सिंहदेवी सहकारी संस्थामा मात्रै १ सय ४७ जना किसान आवद्ध रहेका छन् ।

Comments