• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
खेलकुद
१० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
आनन्द पोखरेल प्रकाशित मिति: शुक्रबार, बैशाख ७, २०७५

चितवन,०७ बैशाख । चितवनमा दसौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

क्षेत्रीय खेलबाट छनौट भएका खेलाडीहरु जिल्लास्तरीय प्रतियोगितामा प्रतिस्पर्धामा सहभागी भएका छन् । प्रतियोगिताको प्रदेश ३ का भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री दावादोर्जे लामाले उद्घाटन गर्नुभएको हो ।

भरतपुरको गेष्टहाउस चौरमा सुरु भएको प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै मन्त्री लामाले खेलकुदको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

खेलकुदका माध्यमबाट राष्ट्रको विकास गर्न सकिने र खेलकुदले अनुशासित नागरिक उत्पादन गर्ने भएकोले विद्यालय खेलकुदले व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने लामाले बताउनुभयो । प्रदेश ३ को जमिनको वर्गिकरण गर्दै १३ वटा जिल्लामा व्यवस्थित बस्ती बसाउने लामाको भनाइ छ ।  

यसैबीच, जिल्ला खेलकुद विकास समिति चितवनले विगत चार वर्षदेखि प्रदान गर्दै आएको उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट यस वर्ष खेलकुद पत्रकार आनन्द पोखरेललाई सम्मान गरेको छ ।

जिल्लामा रहेर समाचारका माध्यमबाट खेलकुदको वृद्धि विकासमा सहयोग पु¥याएको भन्दै समितिले १० हजार रुपैयाँ राशिको पुरस्कारबाट पोखरेललाई सम्मान गरेको हो । पोखरेल हिमशिखर टेलिभिजनका चितवन सम्वाददाता समेत हुन् ।   

Comments