• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
स्वास्थ्य
आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै
प्रकाशित मिति: बिहीबार, बैशाख ६, २०७५

बैशाक ६ ।  मुलुकभर रहेका पाँच वर्ष मुनिका बालबालिकालाई सरकारले आज भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ । 

एकवर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाउन लागेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

करीब ३८ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन ४८ हजार महिला स्वास्थ्य स्वयम् सेविका खटाइएको महाशाखा अन्तर्गतको खोप शाखाका अधिकृत बसन्त श्रेष्ठले बताउनुभयो ।  

सरकारले वैशाख ६ र ७, कार्तिकको २ र ३ गते गरी वर्षको दुई चरणमा भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको महाशाखाले जनाएको छ । सरकारले २०५४ सालदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको हो ।

आफुलाई पायक पर्ने ठाउँमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

Comments