• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
युवा गायक रमेशको चर्चित गित ‘सँग सँगै हिंडे पनि’ सार्बजनिक (भिडियो सहित)
प्रकाशित मिति: मंगलबार, बैशाख ४, २०७५

काठमाडौ– गायककार रमेश अन्जान कडरियाको गित सार्वजनिक भएको छ । बहुमुखी प्रतिभाका धनी गायक कडरियाले ‘सँगै सँगै हिंडे पनि’ बोलको गित बजारमा ल्याएका हुन् । गितमा मणी भट्टराईको शब्द रहेको छ भने सुमन केसीको एरेन्ज रहेको छ । संगित भने गायक रमेश आफैंले गरेका छन् ।


मीठो ‘अरेन्ज’मा रहेको यो नयाँ आधुनिक गीत युवा गायक एवम् संगीतकार कडरियाको एल्बम ‘स्मृति किरण’ बाट लिइएको हो । कृष्णप्रसाद सिटौलाको निलकाँडा एल्बमको ‘भुल्न खोजे’बाट गायन क्षेत्रमा प्रवेश गरेका रमेश पहिलो गितबाट नै सबैको मनमा बस्न सफल भए ।

त्यस्तै केही समय अगाडि मात्र बजारमा आएको ‘ब्रेक फेल’ ले पनि उधुम मच्चाउको थियो । ‘स्मृति किरण’ एल्बम चाँडै बजारमा आउँदैछ ।

Comments