• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
प्रदेश १ लाई जातिय उत्पीडन मुक्त प्रदेश बनाउने :मन्त्रि घिमिरेले
प्रकाशित मिति: सोमबार, बैशाख ३, २०७५

इटहरी ३ बैशाख । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्रि जिवन घिमिरेले एक नम्बर प्रदेशलाई जातिय उत्पीडन मुक्त प्रदेश बनाउन प्रदेश सरकारले तयारी गरिरहेको बताउनुभएको छ ।

जातिय  विभेद र उत्पीडन लाई पूर्ण रुपमा हटाउन कति समय लाग्छ र त्यसका लागि के कस्ता पक्षहरुसँग काम गर्नुपर्छ भनेर आन्तरिक रुपमा तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।

इटहरीमा आयोजित विश्वकर्मा समाजको एक नम्बर प्रदेश भेलालाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री घिमिरेले प्रदेश सरकारले आफ्नै कार्यकाल भित्रमा जातिय विभेद मुक्त प्रदेश देख्न सक्ने बताउनुभयो ।

विगतको तुलना सामाजिक विभेद कम हुँदै आएको तर कानुनको कार्यान्वयन पक्ष फितलो हुँदा पूर्ण कार्यान्वयन भने हुन नसकेको उहाँले बताउनुभयो । प्रदेशले यस अघिको कानुन र प्रदेशले निर्माण गर्ने कानुनको पूर्ण कार्यान्वयन गराउने पनि बचन  पनि दिनुभयो ।

 देशमा विभिन्न जातिय संस्थाहरु धेरै खुलेको भन्दै मन्त्रि घिमिरेले जातिय अतिवादीको भने विरोध गर्नुपर्ने बताउनुभयो ।

आजबाट इटहरीमा सुरु भएको प्रदेश स्तरीय भेला २ दिन सम्म चल्नेछ । विश्वकर्मा समाजले दुई सम्म भेला गरी आएका मुद्धाहरुलाई प्रदेश सरकारसँग माग पेश गर्ने समाजले जानकारी दिएको छ ।

Comments