• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
राष्ट्रिय
धनकुटाको नमस्ते झरनामा पर्यटकहरुकाे घुईचाे (रिपाेर्ट सहित)
प्रकाशित मिति: सोमबार, बैशाख ३, २०७५

धनकुटा । करिव एक दशक अघिसम्म गुमनाम अवस्थामा रहेको धनकुटाको नमस्ते झरना अहिले आन्तरिक तथा वाह्रय पर्यटकको लागि प्रमुख गन्तव्य स्थल वन्दै गइरहेको छ । झरना स्थल पुग्ने भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसार भएसँगै नमस्ते झरनामा दैनिक सँयौंको घुइचो लाग्ने गर्छ । 

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित नमस्ते झरना यतिबेला आन्तरीक तथा बाह्र्य पर्यटकको मुख्य आकर्षण बनेको छ । एक दशक अघिसम्म पर्यटकनै नपुग्ने सो स्थानमा अहिले भने दैनिक आन्तरीक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गरहेको हो । सुरु सुरुमा घना जंगलभित्र रहेको सो झरना पुग्न जो कोही व्यक्ति पनि डराउने गर्थे ।

तर समयले कोल्टे फेरेसँगै सोही घना जंगल भित्रको झरना आन्तरिक तथा वाह्रय पर्यटकको लागि पर्यटकीय केन्द्र वनेको छ । सिम्सुवा खोलामा रहेको नमस्ते झरना हेर्न दैनिक संयौंको भीड लाग्ने गर्छ । 

नयाँ बर्षको पहिलो दिननै १५ हजार भन्दा बढि पर्यटकले अबलोकन गरेको सो झरनामा दोस्रो दिन पनि उत्तिकै भिड थियो । गर्मि मौसम सुरु भएसँगै यस क्षेत्रमा अव दिनहुँ आन्तरिक तथा वाह्रय पर्यटकको भीड देखिन्छ ।

तराईका मुख्य बजार इटहरी, विराटनगर, धरान, झापाका सार्थै भारतको सीमावर्ति बजार जोगमुनि, सिक्किम, दार्जिलिङ, विहारवाट सयौ संख्यामा पर्यटकहरु यहाँ आउने गरेका छन् ।  झरना निक्कै आकर्षक भएकोले आफहरुलाइ लोभ्याएको पर्यटकको भनाइ छ ।

कोशी राजमार्ग देखि ३० मिनेटको पैदाल यात्रा पछि नमस्ते झरना पुग्न सकिन्छ । नमस्ते झरना करिव ८० मिटर माथिबाट खस्दछ । पर्यटकको चहलपहल वढेसँगै यहाँ दुई दर्जनको हाराहारीमा होटल सञ्चालनमा छन् ।

पर्यटकको चाँपलाइ मध्यनजर गदै  झरनासम्म पुग्नको लागि पर्यटन पूर्वाधार कार्यालय काँकडभिट्टा, जिल्ला समन्वय समिति, साँगुरीगढी गाउँपालिका, वडा कार्यालय र स्थानीय वासिन्दाले जनश्रम दान गरी पूर्वाधार निर्माण गरेका छन् ।

नमस्ते झरनासम्म पुग्न पुल, बाटो, शौचालय, रेलिङ्ग, चेन्जीङ्गरुम, गेट लगायतका पुर्बाधार समेत निर्माण गरिएको छ । यतिबेला नमस्ते झरना धनकुटाको महत्बपुर्ण पर्यटकिय स्थल बन्दै गएको छ । 

Comments