• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
धादिङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, २० जना घाइते
प्रकाशित मिति: सोमबार, बैशाख ३, २०७५

धादिङ  ३ बैशाक । धादिङको थाक्रे गाउँपालिका ७ दशकिल्लामा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । 

राति सवा १० बजे ना५ख २४६७ नम्बरको बस र ना६ख ६५११ नम्बरको ट्रक आपसमा ठोकिंदा २ जनाको मृत्यु भएको छ । दुवै सवारी साधनमा सवार २० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रक चालक ललितपुरको सातदोबाटो बस्ने २५ वर्षीय मनोज खड्की र बसमा सवार रौतहटको गौर नगरपालिका ५ की १६ वर्षीया आयुष्मा भट्टराई रहेका छन् ।

खड्कीको उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटो मै मृत्यु भएको हो भने भट्टराईको गणेशमान मेमोरियल अस्पताल ललितपुरमा मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

घाइते मध्ये ७ जनाको महादेवदेवी पोलिक्लिनिक धादिङमै उपचार भइरहेको छ भने अन्य घाइतेहरुको काठमाडौँ र ललितपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Comments