• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
आमाको मुख हेर्ने दिन, मातातीर्थ औंशी धुमधामसग मनाईदै
प्रकाशित मिति: सोमबार, बैशाख ३, २०७५

बैशाक । आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंशी । वैशाख कृष्ण औँशीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ ।

आज सोमवारे औँशी पनि परेकाले विहानै उठेर नबोली स्नान गर्ने परम्परा पनि छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रुपमा लिइन्छ । आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

यस दिन दिवंगत आमाको सम्झनामा काठमाडौंको थानकोट मातातीर्थमा मेला लाग्ने गर्दछ ।

आज बिहानैदेखि मातातीर्थमा पुगेर स्नान गरी हरिहरको दर्शन र पूजा गर्नेहरुको घुईंचो छ । आमा नहुनेहरुले मातातीर्थमा श्राद्ध गर्ने गर्दछन् । आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूलो र अतूल्य हुने शास्त्रहरुमा पनी वर्णित छ ।

Comments