• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
मोफसल समाचार
पाथिभरा जाने वाटोमा सरोकारवालाकाे चासो
प्रकाशित मिति: आइतबार, बैशाख २, २०७५

ताप्लेजुङ २,वैशाख  । पूर्व कै प्रसिद्ध तिर्थ स्थल पाथिभरा जाने वाटोको विषयमा ताप्लेजुङका सरोकारवालाले चासो देखाएका छन् । ताप्लेजुङवाट निर्वाचित जनप्रतिनिधि, प्रशाशन तथा विभिन्न समितिले सडकको मर्मत, संहार तथा सुधारको लागि जोड दिएका हुन् ।

भुक्तानी नपाएको भन्दै ठेकेदारले सडक अलपत्र छोडेर गएपछि तिर्थयात्रीलाई समस्या भएको छ । तिर्थयात्रीको समस्यालाई हल गर्न के कस्ता कदम चाल्न सकिन्छ भन्ने विषयमा आज छलफल भएको वताईएको छ । 

आज भएको सरोकारवाला विचको छलफलमा सोे क्षेत्रमा काम गरिरहेको ठेकेदार कम्पनीले निर्धारित समयमा काम सक्ने प्रतिवद्धता जनाए भुक्तानी गर्ने व्यावस्था गर्ने निर्णय गरिएको छ । छलफलमा वोल्दै प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले यदि ठेकेदारले त्यस्तो प्रतिवद्धता जनाए श्रोत जुटाउन सकिने वताउनु भयो । यस्तै भट्टराईले ताप्लेजुङ सहित पूर्वको गन्तव्य पाथिभराको विकास गर्नको लागि यहाँको सवै पक्षले काम गर्नूपर्ने वताउनुभयो । 

यता छलफलवाट अन्य दुई विषयमा समेत निर्णय भएको छ । जसमा पाथिभराको विकासको क्षेत्रमा काम गरिरहेका दुई संस्था पाथिभरा क्षेत्र विकास समिति र पाथिभरा देवि मन्दिर संरक्षण तथा संर्वद्धन समिति र भोटिपाती व्यावस्थापन समितले आगामी दिनमा सो क्षेत्रको भौतिक विकासका काम गर्दा समन्वय गरि काम गर्ने तथा प्रमुख जिल्ला अधिकारीको अगुवाईमा सो क्षेत्रमा चल्ने यातायात व्यावसायमा देखीएको समस्यालाई हल गर्ने निर्णय गरिएको पाथिभरा देवि मन्दिर देवि संरक्षण तथा सम्र्वद्धन समितिका उपाध्यक्ष रणवहादुर कार्किले जानकारी दिनुभयो । 

सडकको अवस्थामा सुधार नहुँदा पछिल्लो समय यो सडक खण्डमा दुर्घटना बढेको छ । एकै सिजनमा लाखौ तीर्थयात्री पुग्ने पाथिभरा मन्दिर जाने सुकेटारदेखि तल्लो फेदीसम्मको दश किलो मिटर बाटोको सुधार नहुँदा तीर्थयात्रु हिलाम्मे सडकमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

Comments