• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
राष्ट्रिय
पाथिभरा दर्शन गरि र्फकने क्रममा दर्शनार्थीको मृत्यू
बसन्त लिम्बू प्रकाशित मिति: आइतबार, बैशाख २, २०७५

ताप्लेजुङ २ वैशाख । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरि फर्कने क्रममा क्रममा एक जना तिर्थ यात्रीको वाटैमा मृत्यु भएको छ । पनौति नगरपालिका काभ्रेका ५८ वर्षिय राम हरी खत्रिको मृत्यु भएको हो । 

 आज विहान पाथिभराको दर्शन गरि र्फकने क्रममा माथिल्लो फेदिमा आईपुग्दा स्वास प्रसावसको समस्या  भएको र सोहि स्थानमा प्राथमिक उपचार गरि जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखाले जनाएको छ ।

 मृतक आफ्नी श्रीमती, दाजु लगायतको पारिवारीक टोली सँगै पाथिभरा दर्शनका लागि आएका थिए । शवलाई काभ्रे लैजाने तयारी भई रहेको प्रहरीको भनाई छ ।  यो सिजनमा पाथीभरा मन्दिरमा नेपाल संगै भारत, वंगलादेश, लगाएतका देशका तिर्थालुको घुइँचो लाग्ने गर्छ । पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको छ ।  
 

Comments