• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
भक्तपुरमा सिन्दुर जात्रा धुमधामसँग मनाईदै
प्रकाशित मिति: आइतबार, बैशाख २, २०७५

भक्तपुर २ बैशाक । भक्तपुर जिल्लाको मध्यपुर थिमीमा आज सिन्दुर जात्रा धुमधामसँग मनाईएको छ ।  प्रत्येक बर्ष बैशाख २ गते मनाउने सिन्दुर जात्रामा थिमी क्षेत्रको बिभिन्न टोलको २३ खट नगर परिक्रमा गर्दै यो जात्रा मनाउने प्रचलन रहेको छ ।

देवतालाई खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने र सबै खटहरु बालकुमारी चोकमा पुर्याउने प्रचलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

Comments