• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • आज वि पि कोइरालाको ३६ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
  • विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५ वर्षको उमेरमा निधन
  • जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु
  • सरकारलाई काम गर्न नदिन अनेक षड्यन्त्र र गतिविधीहरु भइराखेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ
  • पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु
राष्ट्रिय
गेष्ट हाउसमा युवतीको हत्या गरी फरार युवा भारतबाट पक्राउ
प्रकाशित मिति: आइतबार, बैशाख २, २०७५

काठमाण्डौ २ बैशाक । गत चैत २३ गते काठमाडौंको नयाँ बसपार्कस्थित न्यू भुमेश्वरी गेष्ट हाउसमा एक युवतीको हत्या गरी फरार सल्यानमा गोपाल शर्मा पक्राउ परेका छन् ।

महानगरिय प्रहरी परिसर काठमाडौले आईतबार पत्रकार सम्मेलन गर्दे नेपाल–भारत सीमास्थलबाट उनलाई पक्राउ गरेको जनाएको हो । आफूसँगै कोठामा लगेर शर्माले चितवन सौराहाकी रिहा अधिकारीको हत्या गरेका थिए ।

युवतीको घाँटी थिचेर मारेपछी उनी फरार भएको र महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले नेपाल–भारत सीमास्थल कञ्चनपुरको गड्डाचौकी एरियाबाट पक्राउ गरेको परिसर प्रमुख एसएसपी बिश्वराज पोखरेलले जानकारी दिनुभयो ।

मुख र खुट्टामा रुमालले बाँधेको अवस्थामा युवतीको शव फेला परको थियो भने शर्माले होटलको आगन्तुक पुस्तिकामा आफ्नो नाम र ठेगाना गलत लेखेका थिए । उनले युवतीको हत्या किन गरे भन्ने विषयमा अनुसन्धान भइरहेको पोखरेलले बताउनुभयो ।

मृतकको हालसम्म एकिन घर ठेगाना खुल्न नसकेको जनाएको छ । त्यस्तै प्रहरीले नेपाल पुलिस एकेडेमीमा कार्यरत कार्यालय सहायक सञ्जिव पौडेललाई धारिलो हतियारले घाटी काटेर फरार रहेका ५ जनालाई पनि पक्राउ गरेको जनाएको छ ।

Comments