• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • डाेटीमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या संख्या ५ पुग्याे
  • सिरियामा रासायनिक हतियार प्रयोग भए नभएको बारे अनुसन्धान सुरु—विज्ञहरु नमूना संकलन गरी परिक्षणमा
  • संखुवासभाको टुटे देउराली देखि मुढे शनिश्चरेसम्मको सडक हिलाम्मे ,यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य
  • एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्न नेकपा माओवादी केन्द्र सहमत—जनयुद्धबारे भने महाधिवेशनमा टुंगो लगाइने
  • प्रदेश नम्बर १ को सरकार संचालनका लागि कानून बन्दै
राष्ट्रिय
बिद्यार्थी दुव्र्यव्यहारकाे बिराेधमा अवरुद्ध दमक स्थित पूर्व पश्चिम राजमार्ग खुल्याे
प्रकाशित मिति: शुक्रबार, चैत्र ३०, २०७४

दमक ३० चैत्र  झापाको दमक स्थित पूर्व पश्चिम राजमार्ग केहि समयको बन्द पछि अहिले खुलेको छ ।  स्वतन्त्र बिद्यार्थी यूनियन दमकले यातायात व्यवसायीले बिद्यार्थीलाई दुव्र्यव्यहार गरेको भन्दै सडक अवरुद्ध गराएका थिए ।

 केहिसमय पछि बार्ता बस्ने तयारी भईरहेको ईलाका प्रहरी कार्यलय दमकले जानकारी दिएको छ ।  केहि दिन अघि प्रहरी, यातायात व्यवसायी र बिद्यार्थी बिच भएको भद्र सहमतीको यातायात व्यवसायी सघंले उल्लंघन गरेको भन्दै बिद्यार्थी आन्दोलीत बनेका हुन ।

केहि दिन अघि भएको त्रिपक्षीय छलफलमा पूर्व पश्चिम राजमार्गमा  पोषाक लगाएका बिद्यार्थीले बस रोक्दा रोक्ने र गन्तव्य स्थान सम्म पुर्याउने र नेपाल सरकारले बिद्यार्थीका लागि प्रदान गराएको छुट बराबरको छुट उपलब्ध गराउने सहमती भएको स्वतन्त्र बिद्यार्थी यूनियन दमकका सभापति बिनोद चापागाइँले जानकारी दिनु भयो । 

आन्दोलित बिद्यार्थीका अनुसार सहमती भएको तिन दिन पनि नबित्तै झापाको शिवसताक्षी नगरपालिका स्थित दुधेमा  तिन जना बिद्यार्थीलाई परिक्षा दिन दमक स्थित दमक बहुमुखी क्याम्पस आउने क्रममा  बसका कन्टेक्टरले दुव्र्यब्हार गरि झिझिलेमै झारिदिएपछि बिद्यार्थीले  सो घटनाको बिरोध गरेका हुन ।

प्रशासनले  सो आन्दोलनलाई वार्तामा ल्याउने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिनु भयो । 

Comments