• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • आज वि पि कोइरालाको ३६ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
  • विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५ वर्षको उमेरमा निधन
  • जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु
  • सरकारलाई काम गर्न नदिन अनेक षड्यन्त्र र गतिविधीहरु भइराखेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ
  • पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु
राष्ट्रिय
विराटनगरकाे सत्यनारायण माध्यमिक विद्यालयमा चोरी
प्रकाशित मिति: शुक्रबार, चैत्र ३०, २०७४

बिराटनगर ३० चैत्र । विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा गएराति चोरी भएको छ । विराटनगर–७ धरानरोडमा रहेको सो विद्यालयका कोठाहरुको ताला फुटाएर चोरी भएको हो ।

विद्यालयको प्रिन्सीपलको कोठा, पुस्तकालय कोठा, स्टाफ कोठा र लेखा शाखाको कोठामा लगाइएको ताल्चा फुटाएर विद्युतिय उपकरण चोरीभएको हो । भिडियो प्रोजेक्टर–१ थान, ल्यापटप १ थान र सिसि क्यामराको डिभाईस चोरी गरी लगेको विद्यालयका शिक्षक पुरुषोत्तम गुरागाईले जानकारी दिनुभयो ।

यस्तै विद्यार्थीहरुको लब्धांक पनि च्यातिएको विद्यालयले जलनाएको छ । चोरी गर्ने क्रममा विद्यालयका कोठाहरुमा जडान गरिएका सम्पुर्ण सिसि क्यामेराका तार डिसकनेक्ट गरिदिएको  जनाइएको छ । घटनाका अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

Comments